Thursday 2nd May 2024

ज्ञानेन्द्र शाही, भ्रष्टाचार र पत्रकारिता


सच्ची मैनाली – पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि । पत्रकार समाजका एेना हुन् तर आफ्नो धर्मलाई जॉड, सुकुटी र भत्तामा बेचेका, पत्रकारिताको खोल ओढेका दलाल र पार्टी कार्यकर्ताहरूले यो क्षेत्रलाई नै बदनाम गरिसकेका छन् र पत्रकारहरूलाई पत्रूकार भन्न आम मानिसलाई बाध्य बनाएका छन् ।

पत्रकारिताको नाममा दलाली गर्नेहरूको पनि यहॉ कमि छैन । पत्रकार हुन भन्दैमा जे पनि गर्ने छुट पत्रकारहरूलाई पनि छैन । यदि पत्रकारहरूले भ्रष्टाचार गर्छन् भने उनीहरूको बिषयमा पनि लेखिनु र बोलिनु पर्छ र ज्ञानेन्द्र शाहीले पनि पत्रकारहरूले गलत गरेका छन् भनेर बोले त के गलत गरे ? उनले उक्त कुराको आफुसंग प्रमाण भएको दावी समेत गरेका छन् । यदि ज्ञानेन्द्रले गलत बोलेका र गरेका भए उनलाई कानुनी हिसाबले सत्य तथ्यका साथ सप्रमाण कारवाही गर्न सक्नुपर्दछ। कानुनी राज्यको उपहास गर्दै टोले गुण्डाहरुले जस्तै लछारपछार र निर्घात कुटपिट गरेर, प्रहरी ज्यादती गरेर हतोत्साहि गरेर होईन ।

ज्ञानेन्द्र शाही को हुन ? उनी राजावादि हुन वा विप्लव कार्यकर्ता यो संग मेरो सरोकार रहेन । उनलाई मैले चिनेको मात्रै भ्रष्टाचार बिरोधि अभियन्ताको रूपमा हो । यसै सन्दर्भमा मैले उनको अन्तरवार्ता पनि लिएको छु । आफुले पनि नेपाल देखि नै भ्रष्टाचार, ढिलासुस्ति, अनियमितताको बिरूद्द बोल्दै, लेख्दै आएकोले होला ब्यक्तिगत रूपमा भ्रष्टाचार बिरूद्द बोल्ने हिम्मत राख्नेहरू मलाई खास लाग्छन् । भ्रष्टाचारले देश खोक्रो पारिसकेको र देश जर्जर अवस्थामा रहेको यो बेलामा हरेक नागरिकले भ्रष्टहरूको बिरूद्द बोल्नुपर्छ र नागरिक आन्दोलन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

ज्ञानेन्द्रले बोल्ने केहि कुराहरूप्रति मेरो पनि समर्थन छैन । ज्ञानेन्द्रले गल्ती गरे कानुन बमोजिम सजॉय पाउनुपर्छ तर भ्रष्टाचार बिरूद्द बोलेकै भरमा सरकार पक्षबाट निर्घात रूपमा कुटिनु र अति नै अमानविय ब्यवहार गरिनु अत्यन्तै निन्दनिय कार्य हो ।

बिशेष गरेर पत्रकारहरूले एउटा ब्यक्तिको पछि लागेर आफुलाई सहि देखाउने र आफ्नो ताक़त देखाउनु भन्दा भ्रष्टाचारी बिरूद्द स्टिगं अपरेशन गरेर, लेखेर, बोलेर देश खोक्रो पार्नेहरूलाई नंग्याएर आफ्नो काम देखाउने हो, धर्म निभाउने हो भन्ने मेरो ब्यक्तिगत बिचार हो । सहि र असल पत्रकारहरूले ज्ञानेन्द्र शाहीको पछि लागेर आफ्नो ताक़त देखाउनु भन्दा आफ्नै बिरादरीका भ्रष्ट पत्रकारहरूलाई नंग्याउन सके पत्रकारितामा लागेका केहि धमिरा सफा हुनेथियो, सबैको भलो हुनेथियो जस्तो मलाई लाग्छ।

नोटः लेखिका मैनाली अमेरिकाबाट संचालित इनेपाली डट कम संग सम्वद्ध पत्रकार हुन भने उनको यो लेख दीपसंचार डट कम बाट लिइएको हो ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...