Friday 6th February 2026
नेपालको समाचार
Image

तितोपाटी - काठमाडौंको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुई वटा माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएका छन । दुर्घटनामा परेर दुई वटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा…

Image

तितोपाटी- दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग गरेको छ।मृगौला पिडित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी हेमन्त सिंह ठकुरी लाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि…

Image

तोयानाथ उपेक्षित - एनआरएन एनसीसीको चुनावी रौनक शुरु भएको छ । सधै झै चुनावी महौल पौठेजोरीबाट शुरु भएर खल्लीबल्लीमा टुङ्गिने परम्परा यसपाली पनि नहोला भन्ने छैन ? । यसलाई सर्वग्राह्य संस्था बनाउन विगतमा हुने प्रयत्नहरु कर्मकाण्डी र पद हत्याउने रणनितीमा आधारित हुदै आएका हुनाले पनि यसपाली ठुलो सपना देख्न पर्छ…

Image

तितोपाटी - भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) सहित २२ जनालाई विशेष अदालतले सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा आज सोमबार सबै प्रतिवादीलाई सफाई दिएको विशेषका प्रवक्ता पुष्पराज पाण्डेकले जानकारी दिए। सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार…

Image

तितोपाटी - संखुवासभामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेली लिएर नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सोमबार…

Image

तितोपाटी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका स्थित पड्रिया चोकमा सोमबार अपरान्ह म्याजिक भ्यानलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र…

Image

तितोपाटी - जिल्ला प्रहरी कार्यालय, बाराले विद्यालयमा जागिर लगाइदिने बहानामा लाखौं ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा-८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक ४३ वर्षीय अनिलकुमार ठाकुर छन् ।  ठाकुरलेे विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वसन दिएर प्रतिव्यक्ति दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको उजुरी परे पछि…

Image

तितोपाटी - आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। भक्तपुरको चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नाैसाद, भारतको…

Image

तितोपाटी - विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल…