Tuesday 7th April 2026
नेपालको समाचार
Image

चन्द्र गोतामे - हरेक दिन हजारौं युवाको घुइँचो त्रिभुवन विमानस्थलमा देखिन्छ । अहिले स्वदेशमा रोजगारीका अवसर निकै न्यून भएका कारण लाखौं युवा बाध्यताले विदेश भासिरहेका छन् । वर्तमान परिवेशमा युवा रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक भासिएकै छन्। विदेशमा रोजगारीका लागि जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, राम्रो सेवासुविधा लगायतका…

Image

तितोपाटी-खोटाङ घर भई काठमाडौं बस्ने सीता राई (नाम परिवर्तन) लाई करिब एक वर्षअघि बेलायती नागरिकले सामाजिक सञ्जालमा भेटे । स्मिथ मोरिस नाम गरेका बेलायती नागरिकले खोटाङकी सीतासँग करिब एक वर्षसम्म साथी बनेर धेरै कुरा गरे । उनीहरुका बीचमा दैनिक जीवन देखि पारिवारिक र आर्थिक कुराहरु भए । फेसबुक, भाइबर, ह्वाटस्…

Image

तितोपाटी - नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११…

Image

तितोपाटी - सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्यु भएको छ । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापा लगायतका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना भएको छ । सर्लाहीको मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार…

Image

तितोपाटी - दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग)काे १३ औं संस्करण आजबाट सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत समापन गरिएको यो प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत डिसेम्बर १ देखि आज डिसेम्बर १० सम्म चलेको र एकै साथ काठमाण्डाैं, पोखरा…

Image

तितोपाटी - दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ । खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै…

Image

तितोपाटी-सुख खोज्दै वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरब पुगेका नेपाली त्यहाँ झन् ठूला समस्याले घेरिने गरेका छन्। म्यानपावर कम्पनीको प्रलोभन, रोजगारदाता कम्पनीको जालझेल र साउदी अरबको परिवेशबारे जानकारी नहुँदा उनीहरू त्यहाँ पुग्नेबित्तिकै स्वदेश फर्कन बाध्य हुने गरेका छन्। ‘कामदारका धेरै समस्या आउने गर्छन्। हामी विस्तारै समस्या समाधान गर्दैछौं,’ साउदी…

Image

तितोपाटी-चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २ सय ५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८ महिला र २ सय ४३ पुरुष छन् । गत साउनमा २ महिलासहित ५८ पुरुष, भदौमा २ महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले…

Image

तितोपाटी-राजनीतिक आडमा भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ ।करिब दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल अख्तियारले तामेलीमा राखिरहेको अवस्थामा सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अब राजनीतिक लगायत जुनसुकै ओहोदामा भएको व्यक्तिको विषयमा पनि…

Image

तितोपाटी-प्रेममा विछोड भएपछि मानिसहरू अनेक गर्छन् । प्रायः विदेशतिरै हुने यस्ता घटना नेपालमा पनि हुन थालेका छन् । 'अन्तिम पल्ट भेट्न आऊ' भन्दै एक प्रेमिकाले प्रेमीको लिंग छेदन गरिदिएकी छन् । काठमाडौंको कपनमा डेरा गरी बस्ने युवतीले आफूलाई धोका दिएको झोंकमा प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएको र चक्कुले…