Saturday 4th April 2026
नेपालको समाचार
Image

आभाष चौलागाईं 'प्रसन्न' - जो र जुन व्यक्ति सत्तामा गए पनि जनताको हितार्थ काम गरुन् ।राजनिती र राज्यवयवस्था सिस्टममा चलोस्। आफन्त र नातावाद तिर जति प्रेम हुन्छ आफू सत्तामा गएपछी त्यति नै प्यार जनतालाई गर्न सक्नुपर्यो अनि बन्छ सरकार अभिभावकिय भूमिकाको । विदेशीसँग मस्त ऋण लिएर भ्रुणलाई ३५० डलरको ऋणी…

Image

तीतोपाटी डटकम-बेलायत / जीएनएन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएर पद भर ग्रहण गरे सँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को प्रथम बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड १९ सँग सम्बन्धि करिब आधा…

Image

तितोपाटी- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैद्दान्तिक सहमति प्रदान गरेको छ । आईकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षताका स्तरमा बृद्धि गर्नुका साथै उच्च समुद्री तटमा…

Image

तितोपाटी- ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।‘फरार रहेको भनिएका’गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै बुधबार अदालतमा हाजिर भएका हुन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५…

Image

तीतोपाटी - नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्। देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ। सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको…

Image

उनको लेखन कलामा अत्यन्त कलाकारीको प्रबेश थियो जुन प्रतिभाले नेपाली भाषाको जन्म दियो तसर्थ: उनी भाषाका जनक हुन् विभिन्न क्षेत्रका कबिता सृजना गरि आध्यात्मिकतामा प्रबेश उनको ठुलो बुद्धिमत्ता पुर्ण कार्य थियो यो अत्यन्तै बिचरणीय र मनन योग्य बिषय मान्न सकिन्छ आध्यात्मिक रामायणको सिर्जनाले गाउँ शहर सारा स्थानमा हृदय खोलेर भक्ति…

Image

तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ। जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता…

Image

तीतोपाटी डटकम-नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६…

Image

तीतोपाटी डटकम-जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अन्योल कायम छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा सहभागी जसपाको यादव पक्ष संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेपछिको अवस्थामा सरकारमा सहभागी हुन सक्ने आँकलन…

Image

तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए…