Thursday 8th October 2026

कविताः नेपाली भाषाका जनक भानु -गंगा लिगल


उनको लेखन कलामा
अत्यन्त कलाकारीको
प्रबेश थियो
जुन प्रतिभाले
नेपाली भाषाको जन्म दियो
तसर्थ: उनी
भाषाका जनक हुन्

विभिन्न क्षेत्रका कबिता
सृजना गरि
आध्यात्मिकतामा प्रबेश
उनको ठुलो
बुद्धिमत्ता पुर्ण कार्य थियो
यो अत्यन्तै बिचरणीय र
मनन योग्य
बिषय मान्न सकिन्छ

आध्यात्मिक रामायणको
सिर्जनाले
गाउँ शहर
सारा स्थानमा
हृदय खोलेर भक्ति मार्ग तिर
रमण हुन थाले

राममा सुन्दरताको शक्ति
उदारता दया प्रेमले
ओतप्रोत गरि
जनमानसमा
अरु जिज्ञासा र आकान्क्षा
बढाउन तिर मार्ग दर्शन गर्यो

अर्कोतिर
सीताको आदर्शले
नारी जातिमा
ठुलो जागरण आयो भने
पुरुष बर्ग समेत
राम सीताको आदर्शलाई
जीवनमा लागू गर्न
ठूलो प्रेरणाको श्रोत
जागरण हुन थाल्यो

लक्ष्मणको भ्रातृ प्रेमले
मानव हृदयमा
ठुलो छाप पर्यो
आध्यात्मिक रामायणको
लयको मिठास
घर घरमा गुन्जन थाल्यो

यसैले गर्दा पनि
सरल नेपाली भाषालाई
सम्पुर्ण नेपालीले
उन्मुक्तता पुर्वक
स्वीकारेर

आज उनी
नेपाली
भाषाका
जनक बन्न पुगे ।
आज उनी………

-गंगा लिगल
भैरहवा


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...