Friday 29th March 2024

जापानले नेपाललाई दिने भयो आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप


तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ।

जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता युताका जापानले दिन लागेको खोपले नेपाल-जापान लामो सम्बन्धलाई दर्शाउने बताएका छन्।

जापानले दिएको खोपले यसअघि भारतमा उत्पादित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन पुग्नेछ।यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका थिए।

उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।जापानले कोभ्याक्सलाई १ अर्ब डलर र ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।

-साभार-सेतोपाटो


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...