तितोपाटी - नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच हिँजो सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेका हुन्। एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर पटक-पटक प्रतिवद्धता जनाएको सरकारले बल्ल श्रीपेचलाई सार्वजनिक गरेको हो। विशेष सुरक्षाका साथ बुलेट…
तितोपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आवरणमा नेपालीमाथि शोषण र ठगी गर्नेप्रति सचेत रहन एनआरएनए पदाधिकारीलाई सचेत गराएका छन् । मन्त्री विष्टले एनआरएनएका पदाधिकारीलाई संगठनभित्र रहेर कामदारमाथि शोषण र ठगी भइरहेका सूचना प्राप्त भइरहेको जानकारी दिए । ‘श्रम गन्तव्य देशमा थुप्रै एनआरएनका जिम्मेवार…
तितोपाटी - गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक…
तितोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी…
तितोपाटी - स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया…
तितोपाटी - कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष…
तितोपाटी - सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार/कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। श्रमजीवी…
तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ। समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भैरहँदा गृह मन्त्रालयले आइतवार प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो। घटनाको छानबिन गर्न सरकारले गत भदौ ७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको…
तितोपाटी - यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। नोबेल पुरस्कार विजेता चयन…