Thursday 25th September 2025
विविध
Image

तिताेपाटी— नेपाली कांग्रेसका नेताहरुबीच शुक्रबार बिहान भएको छलफलमा पार्टीको सात जातीय क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्री थप्ने र कोषाध्यक्षबाहेक सबैको निर्वाचन गर्ने सहमति भएको छ । यो सहमतिसँगै कांग्रेसको केन्द्रिय पदाधिकारीको संख्या १३ पुग्ने भएको छ। जसमा सभापति, २-उपसभापति, २-महामन्त्री, ७-सहमहामन्त्री र एकजना कोषाध्यक्ष रहने छन्। महासमितिको सातौं दिनमा…

Image

तिताेपाटी – म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित…

Image

तिताेपाटी – पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पुर्याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए…

Image

पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डामा भएको बस दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु  भएको छ। बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। पूर्व काँकडभिट्टाबाट बुटवलकालागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस विहिबार दुर्घटना हुँदा भारतको महाराजगंज बुलेरिया नौग्राम घर भएका ३५ बर्षका गौरीशंकर धोवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले…

Image

तितोपाटी - दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ। केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए। सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे,…

Image

तितोपाटी - बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार सुर्खेत, लेकवेसी नगरपालिका वडा…

Image

तितोपाटी - काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् । अजिता ६ महिनाकी गर्भवती थिइन् । हत्या आरोपमा प्रहरीले उनीसहित बहिनी…

Image

तितोपाटी - क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको…

Image

तितोपाटी - महोत्तरीको  औरही २, फूलबरियाका ४० वर्षीय किसान बेचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानले देखाएको छ । गौशाला प्रहरीका अनुसार अर्काको शारीरिक सम्बन्ध लुकाउन महतोको हत्या भएको हो । फूलबरियाकै २२ वर्षीया जितनीदेवी महतोलाई गत बिहीबार प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेपछि हत्याको रहस्य खुलेको हो । प्रहरी निरीक्षक किशोर आचार्यका…

Image

तितोपाटी - रूकुम(पश्चिम)मा बिहेको निमन्त्रणा मान्न पुगेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो । सानी भेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट…