Saturday 24th October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता छन्। आक्रमणपछि राजधानी किभका केही क्षेत्रमा व्यापक विद्युत् अवरोध भएको युक्रेनी ऊर्जा कम्पनीहरूले बताएका छन्। यसैबीच, अमेरिका,…

Image

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा थप लगानीको माग गर्दै हजारौं विद्यार्थी सडकमा उत्रिएपछि सरकारले आन्दोलनप्रति नरम र संवादमुखी नीति अपनाउने संकेत दिएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले विद्यालयहरूमा विद्यार्थीका गुनासा सुन्न विशेष छलफल कार्यक्रम सञ्चालन गर्ने,…

Image

भारतको युवा नेतृत्वको ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दिपके लाई शनिबार नयाँ दिल्ली आइपुग्नेबित्तिकै प्रहरीले विमानमै चढेर नियन्त्रणमा लिएको पार्टीले जनाएको छ। निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमार को राजीनामा माग्दै आयोजना गरिएको प्रदर्शनअघि दिपकेसहित अन्य नेताहरूलाई पनि पक्राउ गरिएको बताइएको छ। प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको,…

Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन् । राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३…

Image

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या भएको जनाएको छ। रुसको सबैभन्दा लोकप्रिय सर्च इन्जिन सञ्चालन गर्ने यान्डेक्सलाई प्रायः "रुसको गुगल" भनेर चिनिन्छ। कम्पनीले अनलाइन खोज, ट्याक्सी सेवा, खाना डेलिभरी तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सेवा सञ्चालन…

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका अनुसार रूसले तत्काल ३ लाख टन डिजेल, नोभेम्बरमा थप ५ लाख टन र त्यसपछि थप १० लाख टन डिजेल उपलब्ध गराउनेछ। ट्रम्पले यस कदमले अमेरिकासहित विश्वभर डिजेलको मूल्य छिट्टै घट्ने…

Image

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका आँसुबाट उत्पन्न भएको मानिन्छ। नेपाल, भारत, इन्डोनेसिया तथा हिमाली क्षेत्रमा पाइने रुद्राक्ष धार्मिक साधना, जप र ध्यानका लागि प्रयोग गरिन्छ। रुद्राक्षमा भएका प्राकृतिक धर्साहरूलाई "मुख" भनिन्छ। एकमुखीदेखि २१ मुखी र…

Image

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। अधिकारीहरूले मानवीय क्षति हुन सक्ने र व्यापक भौतिक नोक्सानीको सम्भावना रहेको बताएका छन्। भूकम्पपछि केन्द्रविन्दु नजिकै धेरै परकम्प (आफ्टरशक) समेत महसुस गरिएको छ। पनामाका…

Image

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको आशंकामा उनीमाथि अनुसन्धान गरिरहेका छन्। राणा नेपालका २८औँ प्रधानन्यायाधीश हुन्। उनी न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म पुग्दा पनि धेरै पटक विवादमा परेका थिए। उनीमाथि विभिन्न समयमा मुद्दामा चलखेल गर्ने, आफूअनुकूल इजलासमा मुद्दा…

Image

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारविरुद्ध कानुनी अभियान तथा अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान दिइएको हो। पूर्व संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तसमेत रहेकी पिल्लेले न्याय, मानव अधिकार र कानुनी शासनको…