गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्। संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ। धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु संक्रमण हुँदैमा आत्तिहाल्नु…
तीतोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा कार्यरत रहि स्वदेश फर्कने समयमा झुण्डिएर आत्महत्या गरेकी कैलालीकी मनिषा नेपालीकोको शव नेपाल पठाइएको छ । जन-जागृति युवा समाज कुवेतको समन्वयमा नेपालीको शव आज ९ सेप्टेम्बर साँझ नेपाल पठाइएको हो । शव पठाउन लाग्ने दस्तुर (एयरवे बिल) बापतको ३ सय ८५ दिनार जन-जागृति युवा…
आईफोन निर्माता कम्पनी एप्पलले आज आईफोन १६ लञ्च गर्ने तयारी गरेको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ । आईफोन १६ को लञ्च क्यालिफोर्नियाको क्युपर्टिनोमा हुनेछ । जुन एप्पलका सह–संस्थापक स्टिभ जब्सको नाममा राखिएको हो । स्टिभले सन् २००७…
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा…
क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। १-० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो। पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए।…
एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा दुई भुटानी टिम सहित १३ भलिबल कल्वले सहभागिता जनाउने भएका छन । कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र…
तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम समाजमा आवद्ध सदस्यहरू तथा अन्य सहयोगदाताहरूबाट संकलन गरि पीडितका आफन्त मेघ बहादुर आलेलाइ कुवेती दिनार ५१ केडी ५०० फिल्स हस्तान्तरण गरिएको हो । यस अघि तनहुँ जिल्ला भिमाद नगरपालिका वडा…
आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिव-पार्वतीको पूजा र उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाउने वरदान प्राप्त गरेको…
हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन्। दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन…
कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ । कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा ०६ सेप्टेम्बर २०२४ शुक्रवारका दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बि.सीको उपस्थितिमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गोबिन्द…