बसन्त थापा- स्याङ्गजा जिल्लाको चापाकोट नगर पालिका ७ बङ्ररादी घर भएका मिर्गौला पीडित ४२ वार्षिय कमल गुरुङ लाई कुवेत बाट (५८ हजार १६८ ने रु.) मंगलवार १४ अगस्ट का दिन आर्थिक सहयोग हस्तान्तरण गरीएको छ। बिगत केहि महिनादेखि दुवै मृगौला खरावी भएको हुँदा उनलाई सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो।…
तितोपाटी - इटालीको उत्तरी सहर जिनोआमा मंगलबार पक्की पुल भत्किंदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार पुल भांचिदा तीव्र गतिमा गुडिरहेका कारहरु करिब ९० मिटर तल बजारिएका थिए । सञ्चारमाध्यमहरुमा सार्वजनिक दृश्यहरुमा भीषण हावाहुरीपछि पुल खसेको देखिन्छ । पुल भत्केपछि केही कार रेलमार्गमा तथा गोदाम रहेको भवनमा खसेका…
तितोपाटी - सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन् । मन्त्री ज्ञवालीले प्रस्तुत गरेको विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक…
तितोपाटी - सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले भण्डारीलाई शुक्रबार ३ दिने म्याद दिएर पदबाट किन बर्खास्त नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो ।…
हरी कृष्ण न्यौपाने - कुवेतको अडनोक(ADNOK)कम्पनीमा आएर त्यस कम्पनीबाट भागेर केही समय देखी अबैधानिक कामदारको रुपमा लुकेर काम गर्दै आएका देबागन्ज-६, सुनसरीका सराज अंन्सारीको कार्यस्थलमा दुर्घटनाको कारण मृत्यु भएको छ। गत अगष्ट ४ तारिक,२०१८का दिन अंसारी निर्माण क्षेत्रमा कामगर्दाको समयमा लडे पछी उनलाई तत्काल कुवेतको आदन अस्पातलमा पुर्याइएको थियो।अत्याधिक रक्तश्राब…
तितोपाटी - नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा भएका कामकारवाही हिँजो सार्वजनिक गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम लगायतका उपलब्धि उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माणको ढिलासुस्त हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका…
तितोपाटी - ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै…
तितोपाटी- हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारेर नेपाली सांगीतिक बजारमा दिनहुं दर्जन भन्दा धेरै तिज गीतहरू आउने क्रम जारी छ र यही क्रममा कमला अधिकारीको सुमधुर आवाज रहेको तिज गीत “मुसुक्कै हाँसी देउ मायाले” भर्खर मात्र सार्बजनिक भएको छ। बिगत लामो समय देखि गीत संगीतलाई नजिक बाट नियाल्दै र माया…
तितोपाटी डटकम - खुट्टाको घाऊ बढ्दै गई क्यान्सर भैसकेको र खुट्टा काट्नै पर्ने अवस्थामा पुगेर दाहिने खुट्टा काटेर हाल काठमाण्डाैंमा उपचार गराइरहेका बैतडीका करण कटी भुललाई कुवेतबाट ८३,५६३ (तिरासी हजार पाँच सय त्रिसठी रूपैयाँ)नेपाली रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। वीर अस्पातलको ट्रमा सेन्टरमा सफल सल्यकृया गरी नेपाली साझा मन्चकी कार्यबाहक…
हरी कृष्ण न्यौपाने - करिब १२ बर्ष देखी कुवेतमा कार्यरत दिक्तेल रुपाकोट माझुवागडी नगरपालिका-२ सोल्मा, खोटाङका निर बहादुर राइको सवारी दुर्घटनामा मृत्यु भएको छ।गत अगस्ट-९, बिहीवार,२०१८का दिन रातीको समयमा कुवेतको जिलिब भन्ने स्थानमा बाटो काट्ने क्रममा निर बहादुरलाई सबारी साधनले ठक्कर दिएको थियो भने उनलाई तत्काल अस्पातल पुर्याउदा डाक्टरले मृत…
![]()