तितोपाटी- पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न…
तितोपाटी- अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचार प्रसार अभियान सुरु गरेका छन् । युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन । राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । आइतबारदेखि सुरु भएको प्रचार…
तितोपाटी- अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।कारको अगाडि सिटमा रहेका एक जना…
तितोपाटी - डोटी जिल्लामा छाउपडी प्रथाले वर्षौदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन्। छाउपडी प्रथा अन्त्य गर्नका लागि स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन्। यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ…
तितोपाटी - आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी-२० विश्वकप खेल्ने सपना यो संस्करणका लागि सकिएको छ । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-२० विश्वकप खेल्ने नेपालको सपनामा पनि धक्का लागेकाे छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न…
तितोपाटी- दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समिति कुवेतको छैटौ वार्षिक उत्सव तथा तेश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्ष समेत रहेका कृष्ण सुनारलाई सर्वसहमत अध्यक्षमा चयन गरेको छ ।अध्यक्ष रमेश पाल्पालीको सभापतित्व तथा संजालका संस्थापक संरक्षक शिव घमालको प्रमुख आतिथ्यमा…
तितोपाटी- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हुने संगठित अपराध नियन्त्रण गर्न एप्स प्रयोग गर्ने भएको छ । त्रिभुवन विमानस्थलभित्र हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालयले नेपाल पोर्ड नामक एप्स ल्याउन लागेको हो । विमानस्थलबाट विभिन्न समयमा अपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै मन्त्रालयले नियन्त्रणका लागि नेपाल पोर्ड नामक एप्स कार्यान्वयमा…
तितोपाटी - बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड कुवेतले करिब एक महिना अगाडि उद्दार गरि पठाएकी एक नेपाली चेलीलाइ आर्थकि सहयोग गरेको छ । समाजले उद्दार गरि नेपाल पठाएपछि हाल धाैलागिरी अञ्चल अस्पतालमा निःशुल्क उपचाररत रहेकी पर्वतकी सुमित्रा बिकलाइ २ लाख पैंतिस हजार रूपैयाँ सहयोग गरेको हो । सो सहयोग…
तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायक अमृत खाती, र गायीका स्मृति गौतमको स्वरमा रहेको "केराको पात" नयाँ तीज गीत युट्युब द्वारा सार्वजनिक गरिएको छ । उक्त तिज गीत ‘केराको पात’ शुक्रबारबाट गोरखा चौतारी म्युजिकद्वारा युट्युवमा ल्याइएको हो ।गितमा स्वर अमृत खाति र शिरिष देवकोटा तथा स्मृति गौतम…
तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीत सार्वजनिक गरिएको छ । ‘मेरो राजै’ नाम मा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कटुवाल र उमा श्रेष्ठ कै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाश कटुवालले…
![]()