Sunday 19th May 2024

दुबै मृगौला पीडित भुजेललाई मुना गहतराज द्वारा आर्थिक सहयोग


तितोपाटी – धरान उपमहानगरपालिका वडा नं. १६ का दुबै मृगौला पीडित प्रज्वल भुजेललाई मुना गहतराजको सक्रियतामा आर्थिक सहयोग गरिएको छ ।

मुना गहतराजको विशेष पहलमा कुवेतमा कार्यरत नेपालीहरु बाट संकलन गरिएको आर्थिक रकम चाैतीस हजार बैसठ्ठी रुपैयाँ (३४,०६२) मृगौला पीडित भुजेललाई सहयोग गरिएको छ । लामो समय देखि दुबै मृगौला पीडित प्रज्वल भुजेल भक्तपुरको अंग प्रत्यारोपण अस्पतालमा उपचार गराइरहेका छन ।

कुवेतमा लामो समय देखि मुना गहतराज घरेलु कामदारको रुपमा कार्यरत भएर पनि विभिन्न संघ सस्थाहरुमा आबद्ध भइ समाज सेवा गर्दै आइरहेकी छिन । उनी नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको महिला सशक्तीकरण हुन भने हालसालै कुवेतको नेपाली समाजमा स्थापना भएको शिल्पी संघ नेपाल कुवेतको उपाध्यक्ष हुन ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...