Saturday 2nd May 2026

तारा एयरको विमान जुम्लामा दर्घटना(फोटो फिचर सहित)


तितोपाटी – नेपालगञ्‍जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान जुम्ला खलंगा विमानस्थलमा दुर्घटना भएको छ। नेपालगञ्‍ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एइभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा टायर पंचर भएर दुर्घटना भएको हो।

नेपालगञ्‍जबाट उडेको जहाज जुम्ला विमानस्थलसम्म पुग्नका लागि २५ मिनेट लगाउँछ। विमानलाई पाइलट जेकेनिरौला र को-पाइलट हिक्मत रोकाया उडाएका थिए। विमान अवतरणका क्रममा अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पंचर हुँदा जहाज धावनमार्गभन्दा बाहिर गएर जालीमा ठोकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डा.तपनकुमार दाहालले बताए।

‘टायर पंचर भएपछि धावनमार्गबाट असन्तुलित हुँदै धावन मार्गभन्दा बाहिर निस्केको थियो’, उनले भने, ‘विमानमा सवार सबै सकुशल रहेका छन्।’

जहाजको नोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। ‘१८ जना सवार जहाज अवतरणका क्रममा टायर दुर्घटना भएको हो’, उनले भने।


सम्बन्धित शीर्षकहरु

शताब्दी पुरानो बुद्ध मूर्ति आफ्नो जन्मथलोमा फर्किएपछि काठमाडौँको एउटा प्राचीन मन्दिर परिसर शुक्रबार भावुक वातावरणले भरिएको थियो। दशकौँअघि चोरी भएर…

जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी…

राष्ट्रपतिको कार्यालय अहिले केवल औपचारिक संस्था होइन, नेपालको संवैधानिक शक्ति-सन्तुलनको केन्द्रबिन्दु बनेको छ। Ram Chandra Poudel ले मन्त्रिपरिषद्ले सिफारिस गरेका…

प्रतिकृयाहरू
...