Saturday 9th August 2025

तारा एयरको विमान जुम्लामा दर्घटना(फोटो फिचर सहित)


तितोपाटी – नेपालगञ्‍जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान जुम्ला खलंगा विमानस्थलमा दुर्घटना भएको छ। नेपालगञ्‍ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एइभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा टायर पंचर भएर दुर्घटना भएको हो।

नेपालगञ्‍जबाट उडेको जहाज जुम्ला विमानस्थलसम्म पुग्नका लागि २५ मिनेट लगाउँछ। विमानलाई पाइलट जेकेनिरौला र को-पाइलट हिक्मत रोकाया उडाएका थिए। विमान अवतरणका क्रममा अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पंचर हुँदा जहाज धावनमार्गभन्दा बाहिर गएर जालीमा ठोकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डा.तपनकुमार दाहालले बताए।

‘टायर पंचर भएपछि धावनमार्गबाट असन्तुलित हुँदै धावन मार्गभन्दा बाहिर निस्केको थियो’, उनले भने, ‘विमानमा सवार सबै सकुशल रहेका छन्।’

जहाजको नोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। ‘१८ जना सवार जहाज अवतरणका क्रममा टायर दुर्घटना भएको हो’, उनले भने।


सम्बन्धित शीर्षकहरु

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

प्रतिकृयाहरू
...