Friday 22nd August 2025

श्रम कार्यालयका ३ जना विचौलिया थुनामा


तिताेपाटी – श्रम कार्यालय ताहाचालको मुख्य समस्या भनेको बाटोमै तान्न आउने बिचौलिया र उनिहरुकै सेटिङमा काम गर्ने प्रहरी र कर्मचारी हुन् । यही विषयमा रिपोर्टिङ गर्न पुगेको हाम्रो टिमलाई रोक्ने तर १५ सय रुपैयाँ लिएर काम गर्ने विचौलियालाई स्वागत गर्ने परिपाटीको बिषयमा गत कार्यक्रममा रिपोर्टिङ गरेका थियाँै ।

लगत्तै लाइभ कार्यक्रममा कार्यालय प्रमुख युवराज खतिवडाले प्रमाण पुगे विचौलीया वा आफ्नै कर्मचारी भएपनि कारवाहीका गर्ने बताएका थिए ।
यसको भोलीपल्टै श्रम कार्यालय ताहाचलमा विचौलियाको काम गरिरहेका बाफलका ऋषी मोक्तान, मोरङ घर भई हाल बाफल बस्ने रोशन शिवाकोटी र झापाका हिरा बहादुर धिमाललाई कालीमाटी प्रहरी वृतले पक्राउ गरेको छ ।

प्रहरी वृत कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र पालका अनुसार उनिहरुले सोल्टी मोडदेखिनै श्रम अनुमतीका लागि आउने व्यक्तिलाई हातमै तानेर प्रलोभन देखाउने, तथा सेटिङ गर्ने गरेको थिए । उनिहरुलाई सार्वजनिक अपराधमा मुद्धा चल्ने प्रहरीले जनाएको छ । हाम्रो रिपोर्ट प्रशारण भएसँगै सुरक्षा निकायसँग समन्वय गरेर थप कडाई गरिएको श्रम कार्यालयका प्रमुख खतिवडाले बताए ।

तर जबसम्म कर्मचारी, सुरक्षा निकायको नियतनै सुधार हुँदैन तबसम्म केही ब्यक्ति पक्राउ पर्दैमा समस्या भने समाधान हुँदैन ।

-न्यूज 24


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, / नेपालको सहकारी ऐन प्रष्ट छ — ऋणी त्यही व्यक्ति वा संस्था हो जसले सहकारीबाट कर्जा माग्छ, कर्जा…

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

प्रतिकृयाहरू
...