Friday 4th September 2026

श्रम कार्यालयका ३ जना विचौलिया थुनामा


तिताेपाटी – श्रम कार्यालय ताहाचालको मुख्य समस्या भनेको बाटोमै तान्न आउने बिचौलिया र उनिहरुकै सेटिङमा काम गर्ने प्रहरी र कर्मचारी हुन् । यही विषयमा रिपोर्टिङ गर्न पुगेको हाम्रो टिमलाई रोक्ने तर १५ सय रुपैयाँ लिएर काम गर्ने विचौलियालाई स्वागत गर्ने परिपाटीको बिषयमा गत कार्यक्रममा रिपोर्टिङ गरेका थियाँै ।

लगत्तै लाइभ कार्यक्रममा कार्यालय प्रमुख युवराज खतिवडाले प्रमाण पुगे विचौलीया वा आफ्नै कर्मचारी भएपनि कारवाहीका गर्ने बताएका थिए ।
यसको भोलीपल्टै श्रम कार्यालय ताहाचलमा विचौलियाको काम गरिरहेका बाफलका ऋषी मोक्तान, मोरङ घर भई हाल बाफल बस्ने रोशन शिवाकोटी र झापाका हिरा बहादुर धिमाललाई कालीमाटी प्रहरी वृतले पक्राउ गरेको छ ।

प्रहरी वृत कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र पालका अनुसार उनिहरुले सोल्टी मोडदेखिनै श्रम अनुमतीका लागि आउने व्यक्तिलाई हातमै तानेर प्रलोभन देखाउने, तथा सेटिङ गर्ने गरेको थिए । उनिहरुलाई सार्वजनिक अपराधमा मुद्धा चल्ने प्रहरीले जनाएको छ । हाम्रो रिपोर्ट प्रशारण भएसँगै सुरक्षा निकायसँग समन्वय गरेर थप कडाई गरिएको श्रम कार्यालयका प्रमुख खतिवडाले बताए ।

तर जबसम्म कर्मचारी, सुरक्षा निकायको नियतनै सुधार हुँदैन तबसम्म केही ब्यक्ति पक्राउ पर्दैमा समस्या भने समाधान हुँदैन ।

-न्यूज 24


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...