Sunday 30th August 2026

सामाजिक कथा बोकेको “गुन गु्न” को ट्रेलर सार्वजनिक


तितोपाटी – फिल्म ‘गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो। तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर शीर्ष पात्र सञ्चिता लुँइटेल वरपर घुमेको छ। निर्देशक भट्टराईले फिल्मले सामाजिक कथा बोकेकाले दर्शकले मनपराउने दाबी गरे । ‘कथा सामाजिक नै हो। प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस गरेको छु,’ उनले भने,‘फिल्म एक्सन धारमा बनेको छ। कथासँगै एक्सन रुचाउने दर्शकले फिल्म मनपराउनुहुनेछ।’

फिल्मका कलाकार सुवास मेचेले फिल्ममा मेहनत गरिएकाले दर्शकका लागि मनोरञ्जनपूर्ण रहेको दाबी गरे। ‘फिल्मले हाम्रै समाजको कथालाई चित्रण गरेको छ। त्यसकारण पनि फिल्म दर्शकका लागि विशेष छ,’मेचेले भने।

प्राथना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बालदिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ । फिल्म आगामी कार्तिक ३० गते रिलिज हुँदैछ।


सम्बन्धित शीर्षकहरु

नाइजरको राजधानी नियामीमा सत्तारुढ सैन्य सरकारविरुद्ध केही युवा सैनिकहरूले गरेको विद्रोहको प्रयास असफल भएको छ। सरकारी सुरक्षा बलले विद्रोह नियन्त्रणमा…

नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीमा नेपालतर्फ मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २,४९८ जना अझै बेपत्ता…

रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका…

प्रतिकृयाहरू
...