Friday 24th April 2026

नायिका नम्रता श्रेष्ठको जीवनमा अाधारित रहेर उपन्यास लेखिंदै


तितोपाटी – चर्चित र विवादित नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा ब्लु भिडियो प्रकरणपछि उनले समाजमा पुनर्स्थापित हुन गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् ।

त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न थालेको बताउँछन् उनी ।
‘ब्लु भिडियो प्रकरणपछि उत्पन्न परिस्थितिको उहाँले साहसिक रुपमा सामना गर्नुभयो । यसले नै मलाई उपन्यास लेख्न प्रेरित गरेको हो,’ उनी भन्छन्, ‘कमजोर मन भएकाहरुले यस्तो घटना हुँदा समाजमा अनुहारै देखाउन सक्दैनन् । कतिपयले आत्महत्याको निर्णय समेत लिन्छन् । तर, उहाँले आफूलाई बलियो बनाएर फिल्ममा निरन्तरता दिइरहनुभयो ।’

नम्रतासित पूर्वस्वीकृति लिएरै आफूले उपन्यास सुरु गरेको प्रियासनले बताए । नम्रताले ब्लु भिडियो प्रकरणलाई धेरै हाइलाइट नगर्न उनलाई आग्रह गरेकी छन् ।

‘ब्लु भिडियोको प्रकरणका विषयमा पुस्तकमा चर्चा हुन्छ, तर थोरै,’ प्रियासनले भने । आउँदो वैशाख १ गते पुस्तक बजारमा ल्याउने लक्ष्य उनको छ । पुस्तकको नाम भने फाइनल गरिएको छैन ।

दाङको घोराहीमा बसोवास गर्ने पत्रकार/साहित्यकार प्रियासन नम्रताकै कारण आफू उपन्यास लेखनमा फर्किएको बताउँछन् । हालसम्म ६ वटा उपन्यास प्रकाशित गरिसकेका उनी केही समय विश्राममा थिए । चलचित्र ‘सम्बोधन’ को च्यारिटी शोका लागि दाङ आएकी नम्रतासँग भेट भएपछि उनीमाथि उपन्यास लेख्ने सोच पलाएको प्रियासनले बताए ।

‘त्यसपछि उहाँको विषयमा अध्ययन गर्न यूट्यूव र अनलाइनहरु खुबै चहारेँ,’ उनी भन्छन्, ‘र, फिल्मका निर्देशकमार्फत नम्रतासँग प्रस्ताव राखेँ । उहाँले मौखिक स्वीकृति दिनुभयो ।’

त्यसपछि बारम्बार भेटेर र फोनमा उनीसँग छलफल हुने गरेको सुनाउँछन् प्रियासन । उनले उपन्यासको पहिलो पाण्डुलिपी तयार गरिसकेका छन् । यो पाण्डुलिपी उनले काठमाडौंमै आएर नम्रतालाई देखाएका थिए ।

‘पाण्डुलिपी हेरेपछि उहाँले केही कुरा झिक्न र केही थप्न भन्नुभएको छ,’ उनले भने, ‘यो वर्षभित्रमा उपन्यास तयार हुन्छ ।’


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...