Tuesday 27th October 2026

चक्रवात ‘अर्नब’ को असर: श्रीलंकाभरका विद्यालय बन्द


बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

श्रीलंकाको शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार विद्यार्थी, शिक्षक तथा विद्यालयका अन्य कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सबै सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयसँगै पूर्व-प्राथमिक विद्यालयहरू पनि अस्थायी रूपमा बन्द गरिएको छ।

मौसमविद्हरूका अनुसार चक्रवात ‘अर्नब’ प्रत्यक्ष रूपमा श्रीलंकामा नआए पनि यसको प्रभावले देशका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा भइरहेको छ। केही जिल्लामा बाढी, डुबान तथा पहिरोको जोखिम बढेकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

यद्यपि, माध्यमिक तहको साधारण शिक्षा परीक्षा (O/L) अन्तर्गत सञ्चालन भइरहेका कला तथा सौन्दर्य विषयका प्रयोगात्मक परीक्षाहरू भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

चक्रवातको प्रभाव केवल श्रीलंकामा मात्र सीमित नरहेको बताइएको छ। भारतका ओडिशा, आन्ध्र प्रदेश तथा अण्डमान–निकोबार क्षेत्रहरूमा पनि खराब मौसमको चेतावनी जारी गरिएको छ भने केही स्थानमा विद्यालय बन्द गरिएका छन्।

अधिकारीहरूले मौसमको अवस्था अझै केही दिन प्रतिकूल रहन सक्ने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...