Tuesday 27th October 2026

उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह


अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ।

विभागले मंगलबार एक अत्यावश्यक सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीलाई आधार मान्दै कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेको जनाएको छ।

सूचनाअनुसार उक्त अवधिमा पर्यटक तथा पदयात्रीलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान तथा यात्रा गरिसकेका भए सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। साथै, सम्बन्धित क्षेत्रमा पदयात्राको अनुमति लिन खोजिरहेका पदयात्रीहरूलाई पनि जोखिम न्यूनीकरणका लागि यात्रा स्थगित गर्न आग्रह गरिएको छ।

अध्यागमन विभागले आजको मितिबाट उच्च जोखिम भएका क्षेत्रमा नयाँ पदयात्रा अनुमति जारी नगर्ने निर्णय गरेको जनाएको छ। विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई पनि मौसमसम्बन्धी सूचनाको पालना गर्न अनुरोध गरेको छ।

प्रतिकूल मौसमका कारण हिमाली क्षेत्रमा यात्रु र पर्यटकको सुरक्षामा चुनौती थपिन सक्ने भन्दै विभागले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...