अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता रहेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM)का अनुसार डुंगा अक्टोबर ८–९ को राति ओबोक क्षेत्र नजिक दुर्घटनाग्रस्त भएको हो।
जिबुटीबाट यमन हुँदै खाडी मुलुकहरूमा रोजगारीको खोजीमा गइरहेका ३०५ भन्दा बढी यात्रु सवार उक्त डुंगामा अधिकांश इथियोपियाली नागरिक थिए। दुर्घटनामा १५ बालबालिकासहित सयौंको ज्यान गएको छ भने करिब ८० जनाभन्दा बढीको उद्धार गरिएको छ।
IOM ले गरिबी, असुरक्षा र जलवायु परिवर्तनका असरका कारण धेरै मानिस जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भएको जनाएको छ। उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ।
https://news.un.org/en/story/2026/10/1168573