तितोपाटी – आमाशयको भित्रि भागमा रहेको सिगान जस्तो पत्रको संक्रमणलाई ( Inflammation ) ग्यास्ट्राइटिस भनिन्छ । यो पाचन तन्त्र सम्बन्धि रोगहरुमा सबैभन्दा बढि हुने समस्या हो । अझ ग्यास्ट्राइटिसलाई नेपालको राष्ट्रिय रोग भनेर भन्ने गरेको पनि पाईन्छ । जस्को मुख्य कारण भनेको नेपालमा गरिने अत्याधिक मध्यपान, बिहानै खाइने अस्वस्थकर चिया, भुटेको, तारेको र धेरै मसाला प्रयोग गरिएका खाना हुन् । ग्यास्ट्राइटिस सामान्य समस्या भए पनि यदि समयमा सावधान नहुँदा वा उपचार नगर्दा पेटमा अल्सर हुने, मासु पलाउने वा क्यान्सर सम्म हुन सक्ने हुँदा हेल्चेक्य्राई नगरि ग्यास्ट्राइटिसलाई ठिक गर्नु आवस्यक हुन्छ । सुरुवातमा नै सचेत हुँदा खानपानमा परिवर्तन र सामान्य उपचारले ठिक हुने हुन्छ भने पूरानो (Chronic) अवस्थामा पुगेपछि लामो उपचार र खानपानमा कडा अनुशासनमा रहनु पर्ने हुन्छ ।
सुन्दा सामान्य लाग्छ, तर ग्याष्ट्रिकले विस्तारै जटिलता निम्त्याउँछ । यसले पेट फुलेको जस्तो हुने, हावा भरिए जस्तो हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समयसम्म भोको बस्दा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने जस्ता समस्या हुन्छ । यसले विभिन्न खालका साइड इफेक्ट पनि निम्त्याउने गर्छ । घतलाग्दो कुरा, यस्तो समस्या खानाबाटै निको पार्न सकिन्छ ।
एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ
एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको प्रयोगले ग्याष्ट्रिक निको हुन सक्छ । त्यस्ता खाद्यपदार्थ भनेका भिटामिन सी, ए, ˆल्याभोनोइड, क्यारोटेनोइड र फाइटोकेमिकलयुक्त खाद्यपार्थहरु हुन् । यस्तो खानाले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ । ताजा फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामल आदिमा एन्टिअक्सिडेन्टकोे मात्र प्रसस्त हुन्छ ।
प्रोबायोटिक बढी भएको खानेकुरा
प्रोबायोटिकले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । यो व्याक्टेरिया ग्यास्ट्राइटिसको प्रमुख कारण हो । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदि पदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुन्छ ।
लसुन
लसुन हजारौ वर्षदेखि औषधिको रुपमा प्रयोग हुदै आएको छ । पाकेको वा काँचो दुबै प्रकारको लसुन मानिसको आगि औषधी हुन्छ । लसुनमा प्राकृतिक रुपमा एन्टीबायोटिक, एन्टीइन्ˆलामेटरीलगायतका तत्व हुन्छन् । यसले पनि हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा विशेष भूमिका खेल्छ । र, लसुनले ग्यास्ट्राइटिसको कारण पेटमा हुने असरलाई पनि धेरै हदसम्म कम गर्छ ।
फाइबरयुक्त खाना
बढी फाइबरयुक्त खानाले ग्यास्ट्राइटिस र अरु पाचन प्रकृयासम्बन्धि समस्यालाई समाधान गर्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । हार्वड स्कुल अफ पब्लीक हेल्थको अनुसन्धानअनुसार बढी फाइबर भएका खानेकुराले अल्सर लाग्ने सम्भावनासमेत ६० प्रतिशतले कम गर्छ । अल्मोण्ड, आँटा , ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाएको, टुसा उमारिएको गेडागुडी, फलफूल तथा सागसब्जीबाट बढी मात्रामा फाइबर प्राप्त गर्न सकिन्छ ।
स्वस्थकर प्रोटिन
घाँस खुवाइएको पशुको मासु, खुला पालिएको कुखुराको मासु, खोर वाहीरको अण्डा, गेडागुडीहरु, स्पाइरुलिना आदि स्वस्थकर प्रोटिनका उपयुक्त स्रोत हुन् । तर, मासुको प्रयोग गर्दा भने विशेष सावधानी अपनाउनुपर्छ । किनकी हर्मोन र एन्टीवायोटिक प्रयोग गरिएको मासुले ग्याष्ट्रिकको असरलाई झन बढाउने काम गर्छ ।
स्वस्थकर फ्याट
धेरै तताइएको तेलयुक्त खानेकुराहरु अस्वस्थकर फ्याटमा पर्छन् । जस्तोकी डिपफ्राई गरेका ससेज, आलु, चिप्स, समोसा, जुलेवी आदी । यस्ता फ्याटयुक्त पदार्थलाई सकेसम्म आफ्नो दैनिक डाइटबाट हटाउन पर्छ नत्र घटाउनुपर्छ । उमेगा ३ फ्याटी एसीड स्वस्थकर फ्याट हो । र, दिनहुँ यसको सेवनले ग्यास्ट्राइटिसको विभिन्न असरहरु कम गर्दछ । उमेगा ३ पाइने खाना भनेका माछामा पाइने तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिड आदी हुन् ।