Tuesday 29th September 2026

मलेसियामा न्यूनतम तलब बढाउने तयारी, ४ लाख नेपाली लाभान्वित हुने


मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय लागू भएमा त्यहाँ कार्यरत करिब ४ लाख नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

हाल १७ सय रिंगेट बराबर करिब ६३ हजार नेपाली रुपैयाँ हुन्छ भने २ हजार रिंगेट पुगेमा मासिक तलब करिब ७५ हजार रुपैयाँ पुग्नेछ। अर्थात् श्रमिकको आम्दानीमा करिब १२ हजार रुपैयाँ थपिनेछ।

यद्यपि, नयाँ तलब कहिलेदेखि लागू गर्ने भन्ने निर्णय भने मलेसियाको आगामी बजेट २०२७ मार्फत हुने अपेक्षा गरिएको छ। श्रमिक संगठनहरूले भने जीवनयापन महँगो भएको भन्दै न्यूनतम तलब ३१ सय रिंगेट बनाउन माग गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...