Sunday 13th September 2026

रुकुम पश्चिममा जिप दुर्घटना, २ जनाको मृत्यु


रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिप चालक सुन्दर खड्का मगर र १६ वर्षीया प्रेमकला पुन रहेका छन्।

प्रहरीका अनुसार कोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाका बेला जिपमा चालकसहित १३ जना सवार थिए।

घाइतेमध्ये दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पताल लगिएको छ भने अन्य घाइतेको सिम्लीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। थप दुई जनाको हवाई उद्धारको तयारी पनि गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार बिहान हर्मुज जलडमरूमध्यस्थित क़ेश्म टापु नजिक एक इरानी मालवाहक जहाजमाथि आक्रमण हुँदा १ जनाको मृत्यु…

इन्डोनेसियामा २४१ यात्रु बोकेको भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज जाभा सागरमा यात्रा गरिरहेका बेला खराब माैसमका सम्पर्कविहीन भएको छ। यो…

पश्चिम एसियामा जारी युद्धका कारण विश्वको ऊर्जा आपूर्ति प्रणालीमाथि दबाब थप गम्भीर बन्दै गएको छ। इरानसँगको युद्धका कारण हर्मुज जलडमरूमध्यमा…

प्रतिकृयाहरू
...