Sunday 4th October 2026

युवालाई लत लगाएको आरोपमा मेटाविरुद्ध मुद्दा सुनुवाइ सुरु


फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु भएको छ।

क्यालिफोर्नियाको संघीय अदालतमा चलिरहेको यस मुद्दामा २९ अमेरिकी राज्यहरूको तर्फबाट चार राज्यले मेटासँग अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्। उनीहरूको आरोप छ कि कम्पनीले बालबालिकाको गोपनीयता सम्बन्धी कानुन उल्लंघन गरेको छ।

क्यालिफोर्नियाको पक्षका वकिलले मेटाको व्यापारिक मोडल “प्रयोगकर्तालाई आकर्षित गर्ने, सकेसम्म लामो समय प्लेटफर्ममा राख्ने, उनीहरूको डेटा संकलन गर्ने र वास्तविकता लुकाउने” भएको दाबी गरेका छन्।

मेटाले भने आरोपहरू अस्वीकार गर्दै युवाको सुरक्षाका लागि कम्पनी लामो समयदेखि प्रतिबद्ध रहेको जनाएको छ।

छदेखि आठ हप्तासम्म चल्ने अपेक्षा गरिएको यस सुनुवाइमा मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले पनि बयान दिने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...