Tuesday 18th August 2026

गर्मीमा फलफूल सेवन: स्वस्थ जीवनको सरल उपाय


अहिले चरम गर्मीको समय छ । गर्मीको कारण हामीलाइ खाना नरूच्ने, माछा मासुजस्ता गरिष्ठ खानपानले स्वास्थ्य गडबडी हुने तथा पाचन सम्बन्धी समस्या हुने गर्छ । शरीरमा पानीको मात्रा कम भएर शरीरमा जलवियोजन समेत हुने गर्छ । यस्ता समस्याबाट छुटकारा पाउन, मुखमा स्वाद तथा भोक जगाउन फलफुल सेवन गर्नु पर्छ । गर्मी मौसममा स्ट्रबेरी, ब्लुबेरी, रास्पबेरी, आँप, मेवा, अनानास, आरु, चेरी, खरबुजा, तरबुजा, किवी, स्याउ, सुन्तला, कागती लगायतका फलफूल ताजा, स्वादिष्ट र पौष्टिक हुने भएकाले नियमित सेवन गर्नु स्वास्थ्यको लागि एकदमै लाभदायक मानिन्छ ।

यी फलफूलमा भिटामिन C, भिटामिन A, फाइबर, पोटासियम तथा एन्टिअक्सिडेन्ट प्रशस्त पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणाली सुधार्ने, शरीरलाई हाइड्रेट राख्ने तथा मुटु र छालाको स्वास्थ्यमा फाइदा पुग्ने हुँदा गर्मी सिजनमा यस्ता फलफुल प्रशस्त मात्रामा सेवन गर्नु पर्छ ।

विशेषगरी तरबुजा, खरबुजा, स्ट्रबेरी, आरु र अनानास गर्मीयाममा शरीरलाई पानीको कमी हुन नदिन उपयोगी मानिन्छन्। फलफूललाई स्मुदी, सलाद, जुस, दही तथा स्वस्थ खाजाका रूपमा सेवन गर्न पनि सकिन्छ । त्यसै गरि चुकुन्दर, गाजर, केरा जस्ता फलफुलको मिश्रण गरि जुस बनाएर पिउँदा यस्ता फलफुलमा अाइरन तत्वको मात्रा बढि हुने भएकोले रक्त अल्पता हुनबाट समेत जोगाउँछ ।

यद्यपी, फलफूल स्वस्थ आहारको महत्वपूर्ण हिस्सा भए पनि सन्तुलित मात्रामा सेवन गर्न र एलर्जीको समस्या देखिएमा भने चिकित्सकको सल्लाह अनुसार सेवन गर्नु पर्छ ।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...