Wednesday 30th September 2026

सर्वोच्च अदालतका आदेश अब सोही दिन अनलाइन उपलब्ध हुने


सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था लागू गरेको छ। प्रधानन्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीशका इजलासमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

नयाँ व्यवस्थाअनुसार फैसला बाहेकका आदेशहरू एकै दिन अनलाइन प्रणालीमा उपलब्ध गराइनेछन्। यसबाट मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन्।

सर्वोच्चका अनुसार यो प्रणालीले न्यायिक प्रक्रियालाई छिटो, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ। साथै, आदेशको प्रमाणित प्रतिलिपि देशभरका कुनै पनि अदालतबाट प्राप्त गर्न सकिने भएकाले सेवाग्राहीको समय, श्रम र खर्च पनि बचत हुने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...