Tuesday 22nd September 2026

अल-शाराले सिरियाले गोलन हाइट्समाथिको आफ्नो दाबी नत्याग्ने


सिरियाका राष्ट्रपति अहमद अल-शारा ले आफ्नो देश इजरायलसँग सुरक्षा सम्झौता (Security Agreement) गर्न इच्छुक रहेको बताएका छन्। अल जजिरासँगको अन्तर्वार्तामा उनले सिरिया र इजरायलबीच केही देशहरूको मध्यस्थतामा सुरक्षा सम्झौताका लागि प्रयास भइरहेको जानकारी दिएका छन्। उनका अनुसार यस्तो सम्झौताले भविष्यमा व्यापक शान्तिको ढोका खोल्न सक्ने विश्वास गरिएको छ।

यद्यपि राष्ट्रपति अल-शाराले सिरियाले गोलन हाइट्समाथिको आफ्नो दाबी कुनै पनि अवस्थामा नत्याग्ने स्पष्ट पारेका छन्। उनले इजरायलसँग शान्तिपूर्ण सम्बन्ध खोजिए पनि त्यसका लागि सिरियाको राष्ट्रिय हित र भौगोलिक दाबीमा सम्झौता नहुने बताएका छन्।

अल-शाराले सिरियाको इजरायलसँग युद्ध गर्ने कुनै इच्छा नरहेको उल्लेख गर्दै सीमाक्षेत्रमा स्थायित्व कायम गर्नु अहिलेको प्राथमिकता भएको बताए। उनले लेबनानमा पनि सिरियाले कुनै सैन्य हस्तक्षेप नगर्ने र त्यहाँको सरकारसँग मात्र समन्वय गरेर क्षेत्रीय स्थिरतामा योगदान दिने नीति दोहोर्याए।

यदि यो सुरक्षा सम्झौता सफलतापूर्वक अघि बढ्यो भने, दशकौँदेखि तनावपूर्ण रहेको सिरिया–इजरायल सम्बन्धमा नयाँ अध्याय सुरु हुन सक्ने विश्लेषण गरिएको छ। यद्यपि यो पूर्ण शान्ति सम्झौता होइन, बरु सीमाक्षेत्रमा द्वन्द्व कम गर्ने, सुरक्षा व्यवस्था सुदृढ बनाउने र भविष्यमा व्यापक राजनीतिक समाधानको आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...