Friday 24th July 2026

अख्तियारको अनुसन्धानमाथि गम्भीर प्रश्न


अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को अनुसन्धान प्रक्रिया र प्रमाण संकलनमाथि गम्भीर प्रश्न उठेको छ। आयोगले दायर गरेका मुद्दामध्ये झण्डै आधामा अदालतले पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै अभियुक्तलाई सफाइ दिएको तथ्य सार्वजनिक भएको छ।

अख्तियारले गत आर्थिक वर्षको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै विशेष अदालतबाट फैसला भएका मुद्दामध्ये ५१.९२ प्रतिशतमा मात्रै कसुर प्रमाणित भएको जनाएको छ। बाँकी ४८.०८ प्रतिशत मुद्दामा भने अभियुक्तहरूले सफाइ पाएका छन्।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा विशेष अदालतबाट १५६ वटा मुद्दाको पूर्णपाठ प्राप्त भएको थियो। तीमध्ये ८१ वटा मुद्दामा मात्रै कसुर स्थापित भएको छ भने बाँकी ७५ वटा मुद्दामा अदालतले प्रमाण अभाव वा अन्य कानुनी आधारमा सफाइ दिएको देखिएको छ।

यी तथ्यांकले अख्तियारको अनुसन्धानको गुणस्तर, प्रमाण संकलनको प्रभावकारिता तथा अभियोजन प्रक्रियामाथि प्रश्न उठाएको छ। कानुनविद्हरूले अनुसन्धानलाई थप प्रमाणमुखी, निष्पक्ष र बलियो बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्दै आएका छन्।

यद्यपि अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आफ्नो अनुसन्धान तथा कारबाहीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएको छ।


सम्बन्धित शीर्षकहरु

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको दक्षिण-पश्चिमी तटस्थित काप फेरेट प्रायद्वीप पूर्ण रूपमा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को अनुसन्धान प्रक्रिया र प्रमाण संकलनमाथि गम्भीर प्रश्न उठेको छ। आयोगले दायर गरेका मुद्दामध्ये झण्डै…

प्रतिकृयाहरू
...