Friday 24th July 2026

मन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेट


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा सम्पन्न भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विभिन्न विषयमा विस्तृत छलफल भएको हो।

भेटवार्तामा चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालन भइरहेको ‘प्रोजेक्ट एड टु नेपाल’, सिभिल अस्पतालको स्तरोन्नति, क्यान्सर उपचारका लागि कार–टी सेल (CAR T-cell) प्रयोगशाला स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरणलगायतका सहकार्यका विषयमा विचार विमर्श गरिएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा राजदूत झाङ माओमिङले मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा गरेको कार्यप्रगतिप्रति प्रशंसा व्यक्त गरेका छन्। उनले सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल प्रणाली विस्तार तथा सुशासन प्रवर्द्धनका लागि मन्त्रालयले अघि सारेका पहलहरू प्रभावकारी रहेको उल्लेख गरेका थिए।

मन्त्री रावलले सरकार गठनपछि पहिलो १०० दिनलाई परिणाममुखी बनाउने लक्ष्यसहित काम अघि बढाइएको बताउँदै डिजिटल प्रशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको धारणा राखेकी थिइन्।

सरकार गठनपछि मन्त्री रावल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भएको यो पहिलो औपचारिक शिष्टाचार भेट हो, जसलाई नेपाल–चीन सहकार्यलाई थप सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ।


सम्बन्धित शीर्षकहरु

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको दक्षिण-पश्चिमी तटस्थित काप फेरेट प्रायद्वीप पूर्ण रूपमा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को अनुसन्धान प्रक्रिया र प्रमाण संकलनमाथि गम्भीर प्रश्न उठेको छ। आयोगले दायर गरेका मुद्दामध्ये झण्डै…

प्रतिकृयाहरू
...