Friday 16th October 2026

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प


भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार एउटै क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पपछि २० वटा परकम्प आएको हो ।

पहिलो भूकम्प २२:०४ GMT मा मोरोन सहरको पश्चिम २१ किलोमिटर टाढा आएको थियो, त्यसपछि करिब एक मिनेटभित्र ७.५ म्याग्निच्युडको अर्को भूकम्प ४५ किलोमिटर टाढा गएको थियो।

भूकम्पले पूर्वाधारमा ठूलो क्षति पुर्‍याउँदै भवनहरू भत्किएका छन् र मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। हालसम्म मृत्युको संख्या स्पष्ट छैन तर बढी हताहत नहोस भनि ग्यास आपूर्ति बन्द गरिएको छ ।

काराकासको अल्तामिरा क्षेत्रमा एक २२ तले भवन पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ जहाँ हजाराैं मानिसहरू हताहत भएको अनुमान गरिएको छ ।

राजधानीमा त्रास फैलिएको छ, मानिसहरू घाइते भएका छन् र उद्धार कार्य जारी छ। अमेरिकाले सहयोगको प्रस्ताव गरेको छ, जबकि भूकम्पको असर छिमेकी कोलम्बियासम्म महसुस गरिएको छ।

भेनेजुएलामा यसअघि १९९७ मा ७३ जनाको मृत्यु भएको थियो भने १९६७ मा काराकासमा २३६ जनाको मृत्यु भएको थियो।

यसैबीच, बुधबार नै उत्तर जापानमा ६.९ म्याग्निच्युडको भूकम्प गएको भए पनि त्यहाँ कुनै मानवीय वा भौतिक क्षति रिपोर्ट भएको छैन।

https://www.france24.com/en/americas/20260625-venezuela-powerful-earthquakes-caracas-building-collapse


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...