Wednesday 23rd September 2026

२०२६ विश्वकप: सबैभन्दा ठूलो फुटबल महाकुम्भ आज राति शुरू हुँदै


२०२६ फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुने अपेक्षा गरिएको छ । नेपाली समय अनुसार आज राती १२ बजेर ४५ मिनेटमा मेक्सिको सिटीको एज्टेका रंगशालामा २०२६ फिफा विश्वकपको पहिलो खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुँदै छ ।

यस पटकको विश्वकपमा ४८ टोली सहभागी हुनेछन्। यस प्रतियोगिताले विश्वव्यापी रूपमा ठूलो आर्थिक गतिविधि, अर्बौं डलरको कारोबार, रोजगारी सिर्जना र विज्ञापन तथा प्रविधिमा उल्लेखनीय वृद्धि ल्याउने अनुमान गरिएको छ।

यद्यपि आयोजक देशहरूलाई दीर्घकालीन आर्थिक फाइदा सीमित हुने र उच्च खर्च, महँगो टिकट तथा राजनीतिक तनावजस्ता चुनौतीहरू पनि देखिएका छन्। मेसी र रोनाल्डोको अन्तिम विश्वकप हुने भएकाले खेलमा थप आकर्षण रहनेछ, र उपाधिका लागि युरोप र दक्षिण अमेरिकाका प्रमुख टिमहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...