Sunday 6th September 2026

गुणनिधि घिमिरेको मन छुने “गजल”


च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो
आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो

मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह
अहङ्कार बढ्दा आफ्नै जिन्दगीमा हार भयो

न ता कोही पराई छन् न ता कोही आफ्ना यहाँ
दिनदिनै परिस्थिति किन यस्तो खुङ्खार भयो

छोरानाती पुस्तौँपुस्ता भविष्यलाई जोगाएको
सेतो कालो सम्पूर्ण नै डढ्यो जल्यो अङ्गार भयो

मिठामिठा भाषण छाँटी देश खोक्रो पार्ने सबै
रितिस्थिति बिगारेर धेरै अत्याचार भयो

हातमा हात समाऊ फेरि सम्हालेर उठाऊ न
हाम्रो इतिहास ढल्यो लड्यो लम्पसार भयो

काला गए गोरा आए चारैतिरबाट आए
मरेका त मरि गए बाँचेकालाई भार भयो ॥

गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...