Tuesday 17th March 2026

दोष शेर-चण्ड-ओली को मात्र होईन, तिनका कार्यकर्ता को पनि हो


जेएन जी को दुई माग मध्ये ओली सरकारले राजीनाम अघि एउटा पुरा गरिसकेको थियो । अर्को माग करप्सन को हो त्यो भावी सरकारले पुरा गर्ला ।

जेएन जी आफै मा सरकार बनाउने खेलमा लाग्न हुदैन । उसले मुद्धा मा खबरदारी गर्ने हो । सेनाले सत्ता नलिए देश स्थिर हुन सक्दैन यसमा किन चिन्ता गर्ने ? अहिले लौ जे गर भनेर सेना व्यारेक भित्र छिरर्यो भने के हुन्छ ? अब अन्तरिम सरकार र अन्तरिम संविधान मार्फत नै निकाश खोज्न पर्छ । भोली जसको नेतृत्व मा सरकार बने पनि त्यसले सुशासन र विकाश दिएन भने के हुन्छ भन्ने ज्ञान लिएर नै अघि बढला । अहिले शान्तिपूर्ण रुपमा प्रतिक्षा गर्नु को विकल्प छैन । देश जोगाउने बेला मा थप विवाद र आशंका नगरी बसौै । राजा आउन की काजी देश लाई शान्ति, सुशासन र विकाश चाहिएको छ ।

एमाले, कांग्रेस र माओवादी लाई प्रजातन्त्र चाहिएको छैन । उनीहरु देश चलाउन सक्षम छैनन भन्ने पुष्टि भईसकेको छ । यो अवस्था एकाएक दुई दिनमा विकाश भएको हुदै होईन । अरु लाई दोष दिएर उनीहरु पन्छन सक्दैनन । जनताले ३० बर्ष पर्खेर हेरे पछि भएको घटना हो । घटना दुःखद र निन्दनिय छ तर यसको जरामा गएर हेर्न पर्दछ । प्रजातन्त्र पाकिस्तानी मोडेल मा पुरयाउने यीनै तिन दल हुन । विरोधका स्वरहरु दवाउने र कुशासन दिने यीनीहरु ले अहिले किन देश जोगाउन सकेनन ?

जेन जी मा बच्चाहरु को आन्दोनल दाश्रो दिनमा कसरी हाईजेक भयो भन्ने विश्लेषण गर्न पर्छ । कसरी एकाएक देशव्यापी रुपमा एउटै लयमा कार्यलय र व्याक्तिका निजी सम्पतीको विनाश गरियो भनेर खोजी गर्न पर्छ । यो जटिल प्रकृतीको छ तर सहजै पत्ता लगाउन सकिन्छ । सवै फुटेजहरु बर्गेल्ती छन । त्यो कहिल्यै उन्मुक्ति को लायक छैन । तर कुरा यति हो यो घट्ना विशुद्ध आन्तरिक शक्तिको खेल हो की बाह्य शक्तिको भन्ने अझै स्पष्ट भई सकेको छैन । तर जसलाई जति र जसरी आरोप लगाई रहे पनि परिस्थिती को निर्माण गर्ने काम यीनै दलको दम्भ र असक्षताको जगमा नै फेला पर्दछ ।

तत्कालिन कारण ओली वा लेखक भए पनि उनीहरुलाई यो शक्ति प्रधान गर्ने गगन, विश्वप्रकाश, महेश बर्तौला, योगेश भटटराई जस्ता युवा भनिएका नेताको असक्षमता भुल्न हुदैन । तमाम तिनका दलका कार्यकर्ताहरुको अन्धभक्ती विर्सन हुदैन । अति गरे पछि खती हुन्छ भनेको यहि हो । रबि लामिछाने माथि अन्याय भएकै हो भनेर ४० लाख मानिस ले हस्ताक्षर गर्दा पनि त्यसलाई उपहास गर्ने , झुठा मुद्धामा फसाउने, चरम विभेदको शिकार बनाउने, नचल्ने मुद्धामा जवरजस्ती मुद्धा चलाउने, अदालत , प्रहरी, अख्तियार सवै मा राजनिती छिराउने र यीनै तिन दलको चाहाना बमोजिम का फैसला गर्न लगाउने जस्ता कुशासन को चरम नमुना को विस्पोट पनि हो ।

चैत्र १५ गते भएको राजाबादीहरुको आन्दोलनमा राज्य ले प्रर्दशन गरेको गैर न्यायीक दमन लाई जनताले भुलेका थिएनन । निर्दोष मानिस मार्ने काम राज्य ले गरेको घाम जस्तै छर्लंग छ । एउटा सर्व स्वीकार्य आयोग बनाउ भन्दा संसदमा कांग्रेस एमाले ले खुल्लम खुल्ला उपहास गरेर विधीको शासन नमान्ने सन्देश दिएको पनि मानिसले विर्सेका थिएनन । हातमा सत्ता र शक्ति लिएर उनीहरुले माई वे ईज राईट वे को बाटोमा अघि बढे ।

१२ भाई मिडियाको चरित्र पनि कम गैर जिम्मेवार छैन यो अवस्था सम्म देशलाई डोहरयान का लागि । उनीहरुले सत्ताको चाकडी गरेर जे पनि लेख्न थाले । पत्रकारिताको धर्म छाडेर सत्ताकै धुपौरे बने । उनीहरुले प्रजातन्त्र लाई पंगु बनाउने काम गरे । कहिल्यै सत्य देखेनन । कान्तिपुर र अन्नपूर्ण ले त झन हद भन्दा धेरै पत्रकारिताको धर्म छाडेका थिए । अदालत र सरकार नै हामीले चलाउने हो भने जस्तो दम्भ उनीहरुमा विकाश भयो । यी सवै का लागि चुनौती बनेर खडा भएका थिए रबि , उनको दल रास्वपा । तर राज्य को ध्यान यी दल लाई सिद्धयाउन केन्द्रित भयो । कतै न कतै जनताको आक्रोश ले घडा भरिदै गएको थियो ।

रास्वपा लाई दवाउनतिर नलागेर उसका कुरा सुनि दिएको भए आज यो अवस्था आउने थिएन । रबि गृह मन्त्री बनेका बेला भ्रष्टचार विरोधी कदम अघि बढाउन दिएको भए पनि यो अवस्था आउने थिएन । रातारात सरकार ढालेर दुई ठुला दल मिल्नु र रास्वपा सिद्धयाउने मिसन बनाएर काम गर्न हुने थिएन । देशमा हजारौ समस्या थिए तिनको निराकरण गर्न लागेको भए पनि यो अवस्था आउने थिएन । अझै पनि रबि किन भाग्यो भन्ने कोण बाट तिनकै सेनामेना सामाजिक सञ्जालमा भुकि रहेका छन । यो अझै अनिष्ठको संकेत हो । एउटा राजनैतिक दल जसमा अझै जनताको भरोस छ त्यसले प्रजातन्त्र कै लागि उनीहरुकै साथमा छ तर उसलाई अझै खेदो खनेर कमजोर बनाउन लागे पछि त्यो प्रजातन्त्र बचाउने कुनै आशा गरिएको शक्ति बाकी रहदैन । त्यसको परिणाम त उही हो । यति सामान्य विवेक नभएका दलका भेडाहरुले दुःख नपाए कसले पाउछ ?

खोई त कांग्रेस का यति लाख पार्टी सदस्य, एमाले का यति , माओवादी का उती । कहाँ गए ती सवै ? जिउदो लास भएका हुन । हो उनीहरु जीउदो लास नै हुन जो सँग विवेक को राजनिती र सस्कार हुदैन ति सवै गगन र योगेश नै हुन । अब उनीहरुलाई कसले जगाउने । केपी ओली र शेर बहादुर अब नेपाल को राजनितीमा उठन सक्छन ? कदापी सक्दैनन । जब उनीहरुको जग नै यस्तो बेकम्मा छ भने तिनको पार्टी फेरी उठन सक्छ ? सवै जनता लाई समन्याय को आँखाले हेर्न नसक्नेले देश चलाउन सक्दैन । अहिले भएको यहि हो । अब सत्तामा मात्र होईन सवै दलमा रिफर्म को आवश्यकता छ । नत्र उनीहरु कहिल्यै उठन सक्ने छैनन ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...