Thursday 11th September 2025

दोष शेर-चण्ड-ओली को मात्र होईन, तिनका कार्यकर्ता को पनि हो


जेएन जी को दुई माग मध्ये ओली सरकारले राजीनाम अघि एउटा पुरा गरिसकेको थियो । अर्को माग करप्सन को हो त्यो भावी सरकारले पुरा गर्ला ।

जेएन जी आफै मा सरकार बनाउने खेलमा लाग्न हुदैन । उसले मुद्धा मा खबरदारी गर्ने हो । सेनाले सत्ता नलिए देश स्थिर हुन सक्दैन यसमा किन चिन्ता गर्ने ? अहिले लौ जे गर भनेर सेना व्यारेक भित्र छिरर्यो भने के हुन्छ ? अब अन्तरिम सरकार र अन्तरिम संविधान मार्फत नै निकाश खोज्न पर्छ । भोली जसको नेतृत्व मा सरकार बने पनि त्यसले सुशासन र विकाश दिएन भने के हुन्छ भन्ने ज्ञान लिएर नै अघि बढला । अहिले शान्तिपूर्ण रुपमा प्रतिक्षा गर्नु को विकल्प छैन । देश जोगाउने बेला मा थप विवाद र आशंका नगरी बसौै । राजा आउन की काजी देश लाई शान्ति, सुशासन र विकाश चाहिएको छ ।

एमाले, कांग्रेस र माओवादी लाई प्रजातन्त्र चाहिएको छैन । उनीहरु देश चलाउन सक्षम छैनन भन्ने पुष्टि भईसकेको छ । यो अवस्था एकाएक दुई दिनमा विकाश भएको हुदै होईन । अरु लाई दोष दिएर उनीहरु पन्छन सक्दैनन । जनताले ३० बर्ष पर्खेर हेरे पछि भएको घटना हो । घटना दुःखद र निन्दनिय छ तर यसको जरामा गएर हेर्न पर्दछ । प्रजातन्त्र पाकिस्तानी मोडेल मा पुरयाउने यीनै तिन दल हुन । विरोधका स्वरहरु दवाउने र कुशासन दिने यीनीहरु ले अहिले किन देश जोगाउन सकेनन ?

जेन जी मा बच्चाहरु को आन्दोनल दाश्रो दिनमा कसरी हाईजेक भयो भन्ने विश्लेषण गर्न पर्छ । कसरी एकाएक देशव्यापी रुपमा एउटै लयमा कार्यलय र व्याक्तिका निजी सम्पतीको विनाश गरियो भनेर खोजी गर्न पर्छ । यो जटिल प्रकृतीको छ तर सहजै पत्ता लगाउन सकिन्छ । सवै फुटेजहरु बर्गेल्ती छन । त्यो कहिल्यै उन्मुक्ति को लायक छैन । तर कुरा यति हो यो घट्ना विशुद्ध आन्तरिक शक्तिको खेल हो की बाह्य शक्तिको भन्ने अझै स्पष्ट भई सकेको छैन । तर जसलाई जति र जसरी आरोप लगाई रहे पनि परिस्थिती को निर्माण गर्ने काम यीनै दलको दम्भ र असक्षताको जगमा नै फेला पर्दछ ।

तत्कालिन कारण ओली वा लेखक भए पनि उनीहरुलाई यो शक्ति प्रधान गर्ने गगन, विश्वप्रकाश, महेश बर्तौला, योगेश भटटराई जस्ता युवा भनिएका नेताको असक्षमता भुल्न हुदैन । तमाम तिनका दलका कार्यकर्ताहरुको अन्धभक्ती विर्सन हुदैन । अति गरे पछि खती हुन्छ भनेको यहि हो । रबि लामिछाने माथि अन्याय भएकै हो भनेर ४० लाख मानिस ले हस्ताक्षर गर्दा पनि त्यसलाई उपहास गर्ने , झुठा मुद्धामा फसाउने, चरम विभेदको शिकार बनाउने, नचल्ने मुद्धामा जवरजस्ती मुद्धा चलाउने, अदालत , प्रहरी, अख्तियार सवै मा राजनिती छिराउने र यीनै तिन दलको चाहाना बमोजिम का फैसला गर्न लगाउने जस्ता कुशासन को चरम नमुना को विस्पोट पनि हो ।

चैत्र १५ गते भएको राजाबादीहरुको आन्दोलनमा राज्य ले प्रर्दशन गरेको गैर न्यायीक दमन लाई जनताले भुलेका थिएनन । निर्दोष मानिस मार्ने काम राज्य ले गरेको घाम जस्तै छर्लंग छ । एउटा सर्व स्वीकार्य आयोग बनाउ भन्दा संसदमा कांग्रेस एमाले ले खुल्लम खुल्ला उपहास गरेर विधीको शासन नमान्ने सन्देश दिएको पनि मानिसले विर्सेका थिएनन । हातमा सत्ता र शक्ति लिएर उनीहरुले माई वे ईज राईट वे को बाटोमा अघि बढे ।

१२ भाई मिडियाको चरित्र पनि कम गैर जिम्मेवार छैन यो अवस्था सम्म देशलाई डोहरयान का लागि । उनीहरुले सत्ताको चाकडी गरेर जे पनि लेख्न थाले । पत्रकारिताको धर्म छाडेर सत्ताकै धुपौरे बने । उनीहरुले प्रजातन्त्र लाई पंगु बनाउने काम गरे । कहिल्यै सत्य देखेनन । कान्तिपुर र अन्नपूर्ण ले त झन हद भन्दा धेरै पत्रकारिताको धर्म छाडेका थिए । अदालत र सरकार नै हामीले चलाउने हो भने जस्तो दम्भ उनीहरुमा विकाश भयो । यी सवै का लागि चुनौती बनेर खडा भएका थिए रबि , उनको दल रास्वपा । तर राज्य को ध्यान यी दल लाई सिद्धयाउन केन्द्रित भयो । कतै न कतै जनताको आक्रोश ले घडा भरिदै गएको थियो ।

रास्वपा लाई दवाउनतिर नलागेर उसका कुरा सुनि दिएको भए आज यो अवस्था आउने थिएन । रबि गृह मन्त्री बनेका बेला भ्रष्टचार विरोधी कदम अघि बढाउन दिएको भए पनि यो अवस्था आउने थिएन । रातारात सरकार ढालेर दुई ठुला दल मिल्नु र रास्वपा सिद्धयाउने मिसन बनाएर काम गर्न हुने थिएन । देशमा हजारौ समस्या थिए तिनको निराकरण गर्न लागेको भए पनि यो अवस्था आउने थिएन । अझै पनि रबि किन भाग्यो भन्ने कोण बाट तिनकै सेनामेना सामाजिक सञ्जालमा भुकि रहेका छन । यो अझै अनिष्ठको संकेत हो । एउटा राजनैतिक दल जसमा अझै जनताको भरोस छ त्यसले प्रजातन्त्र कै लागि उनीहरुकै साथमा छ तर उसलाई अझै खेदो खनेर कमजोर बनाउन लागे पछि त्यो प्रजातन्त्र बचाउने कुनै आशा गरिएको शक्ति बाकी रहदैन । त्यसको परिणाम त उही हो । यति सामान्य विवेक नभएका दलका भेडाहरुले दुःख नपाए कसले पाउछ ?

खोई त कांग्रेस का यति लाख पार्टी सदस्य, एमाले का यति , माओवादी का उती । कहाँ गए ती सवै ? जिउदो लास भएका हुन । हो उनीहरु जीउदो लास नै हुन जो सँग विवेक को राजनिती र सस्कार हुदैन ति सवै गगन र योगेश नै हुन । अब उनीहरुलाई कसले जगाउने । केपी ओली र शेर बहादुर अब नेपाल को राजनितीमा उठन सक्छन ? कदापी सक्दैनन । जब उनीहरुको जग नै यस्तो बेकम्मा छ भने तिनको पार्टी फेरी उठन सक्छ ? सवै जनता लाई समन्याय को आँखाले हेर्न नसक्नेले देश चलाउन सक्दैन । अहिले भएको यहि हो । अब सत्तामा मात्र होईन सवै दलमा रिफर्म को आवश्यकता छ । नत्र उनीहरु कहिल्यै उठन सक्ने छैनन ।


सम्बन्धित शीर्षकहरु

नेपाली सेनाले देशभरको विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यू पालना गर्न आम नागरिकलाई अपिल गरेको छ। सेनाले आन्दोलनको नाममा…

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको…

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

प्रतिकृयाहरू
...