Saturday 10th January 2026

पाल्पाको तानसेनमा भगवती जात्रा


तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा मनाईने गर्दछ। सोही अवसरमा आइतबार दिउँसो १२ः३० बजेको उत्तम साइतमा सिन्दूर यात्रा भगवतीको खट् या रथ यात्रा बिशेष तरिकाले  नगर परिक्रमा गराइएको छ। नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा भगवतीको खट् सहितको सिन्दूर जात्रा निकाल्ने प्रचलन छ । बिभिन्न झाकी, पन्चे बाजा, भजन कृतन नाच गान सहित तानसेन बजार परिक्रमा गरिएको थियो।

पाल्पामा भब्य रुपमा मनाइएको भगवती जात्रा रथ यात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल लगायत   लुम्बिनी प्रदेशका सभामुख, मन्त्रीहरु, पाल्पाली सांसदहरु, उच्च पदस्थ ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो।

बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाउने गरिएको मान्यता रहेको छ । लुम्बिनी सरकारले हरेक बर्ष जस्तै यस बर्ष पनि पाल्पामा सार्वजनिक बिदा दिएको थियो  भने जात्रा अवलोकनका लागि छिमेकी जिल्लाहरु रुपन्देही,  गुल्मी, अर्घाखाँची, स्याङ्जाबाट जात्रा अवलोकन अर्थात  रथ यात्रामा ठुलो संख्यामा श्रदालु  भक्तजन सहभागी भएका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...