Saturday 16th May 2026

कुवेतमा विषाक्त रक्सिको त्रास -घटनामा १३ जनाको मृत्यु


विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा एजेन्सीहरू र सम्बन्धित अधिकारीहरूसँगको सहकार्यमा अस्पतालहरू र कुवेत विष नियन्त्रण केन्द्र बीच तत्काल र निरन्तर समन्वय समावेश भएर काम भईरहेको जनाईएको छ ।

त्यसरी विमारी पर्नेहरु मध्ये ३१ जना बिरामीलाई भेन्टिलेटरको प्रयोग आवश्यक परेको थियो र ५१ जना बिरामीले आकस्मिक रुपमा उनीहरुको मृगौलाको डायलाइसिस गराएको थियो। २१ जना स्थायी अन्धोपन वा दृष्टिदोषबाट पीडित भएका छन्। आजसम्म, यस घटनामा १३ जनाको मृत्यु भएको छ, जसमध्ये सबै एसियाली नागरिक हुन्। यसमा कति भारतिय वा नेपाली वा अन्य भन्ने कुरा अझै सम्म खुलाईएको छैन । मन्त्रालयले सबै केसहरूको चौबीसै घण्टा निगरानी र आवश्यक चिकित्सा हेरचाहको प्रावधान सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको पुष्टि गरेको छ। विषाक्तताको शंका लागेका कुनै पनि घटनाको तत्काल रिपोर्टिङ अस्पताल वा स्वीकृत हटलाइनहरू मार्फत गर्न आग्रह गरेको छ।

यस सम्बन्धमा, कुवेतस्थित भारतीय दूतावासले बुधबार, अगस्ट १३ मा एक आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले मिथानोल-दूषित मादक पेय पदार्थका कारण मृत्यु र घाइते भएको घोषणा गरेपछि समाचारहरु पुष्टि भएका थिए ।

विगत केही दिनमा लगभग ४० भारतीय नागरिकहरूलाई अस्पतालमा भर्ना गरिएको छ जसलाई यसले ूदुर्भाग्यपूर्ण घटनाक्रमू भनेर वर्णन गरेको छ। दूतावासले अस्पतालमा भर्ना भएकाहरूमध्ये केहीको मृत्यु भएको, केहीको अवस्था गम्भीर रहेको, जबकि अरू निको भइरहेका बताएको छ, घटनाको पूर्ण विवरण प्रमाणित गर्न काम पनि भईरहेको छ । भारतिय राजदूत र अन्य दूतावासका अधिकारीहरूले भारतीय बिरामीहरूको स्वास्थ्य अवस्था जाँच गर्न सम्बन्धित सरकारी अस्पतालहरूको भ्रमण गरेको बताएको छ। सबै बिरामीहरूले आवश्यक चिकित्सा सेवा प्राप्त गरेको सुनिश्चित गर्न यसले अस्पतालहरू र स्वास्थ्य मन्त्रालयसँग नजिकबाट अनुगमन गरिरहेको छ।

यसरी नै भारतिय दुतावासले प्रभावित व्यक्तिहरूका परिवारहरूले दूतावासलाई सिधै सम्पर्क गर्न सकून् भनेर होटल नम्बर ६५५०१५८७ पनि स्थापना गरिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले मृत्युको बारेमा गरेको घोषणापछि दूतावासले प्रभावित भारतीय नागरिकहरूलाई सबै सम्भव र आवश्यक सहयोग प्रदान गरिरहेकोमा जोड दिएको छ।

लगभग एक महिना पहिले मात्र खैतान स्थित एक कम्पनीमा कार्यरत दुई नेपाली युवाहरुको पनि विषाक्त रक्सीको कारण मृत्यु भएको थियो । हालका घटनामा कति नेपाली परे भन्ने यकिन हुन सकेको छैन र नेपाली दुतावास पनि यसबारेमा केही बोलेको छैन ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...