Sunday 18th October 2026

भिजिट भिषाको कमाल -कुवेतमा घरेलु कामदार ६१ प्रतिशतले बृद्धी


कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४ को मार्च महिना देखि यसबर्षको मार्च महिना सम्मको एक बर्षमा नेपाली घरेलु कामदार को बृद्धी ६१ प्रतिशत देखिएको छ । जब की घरेलु कामदारका लागि नेपाल सरकारले दशकौ देखि गरेको प्रतिबन्ध कायमै छ ।

समाचार मा भनिएको छ यहि अवधिमा कुवेत छाडेर ४४ हजार घरेलु कामदार बाहिरिएका छन जसमा फिलिपिन्सका महिला घरेलु कामदारको संख्या २५ प्रतिशतले घटेको छ । त्यसपछि कुवेतबाट बाहिरीने घरेलु कामदारमा भारतियहरु छन । तर कुवेतको घरेलु कामदारको आपूर्तिका लागि नेपालबाट बाढी जसरी नेपाली महिला कामदार आएका छन । त्यहाँ दिईएको तथ्यांकमा भनिएको छ । यहि एक बर्षको अवधीमा २१ हजार नेपालीहरु र १४ हजार श्रीलंकन महिलाहरु कुवेतमा थपिएका छन ।

प्रतिवेदनमा सवै भन्दा धेरै नेपाली त्यसपछि श्रींलंकन र अफ्रिकन महादेशबाट घरेलु कामदारहरु आउने गरेको देखाएको छ ।

नेपाल मा भिजिट भिषा प्रकरणमा मुसिएका बर्तमान गृहमन्त्री रमेश लेखकको राजीनामा या सर्वस्वीकार्य छानविन समितीको मागलाई सरकारले अनसुना गरिरहेको अवस्थामा कुवेतमा त्यही अवधीमा बढेको घरेलु कामदारको संख्या लाई सामान्य रुपमा लिन मिल्दैन । प्रतिबन्धका विच एक बर्षमा २१ हजार नेपाली महिला घरेलु कामदार कुवेत भित्रिएको यो डरलाग्दो तथ्यांकलाई कसले छानविन गर्ने ? कुवेतमा घरेलु कामदारहरुका पिडाहरु सामाजिक सञ्जालमा प्रसस्तै आए पछि एक दशक भन्दा पहिले नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि सेटिंगमा नियमित रुपमा दलालहरु द्धारा त्यहाँ नेपाली महिला घरेलु कामदार पुग्ने गरेको भन्ने समाचार आई नै रहेका थिए तर यो एक बर्षको अवधीमा भने बाढी नै आएको देखिन्छ । https://www.arabtimesonline.com/news/nepalese-flood-kuwaits-homes-as-filipinos-and-indians-exit/?fbclid=iwy2xjawlqb-jlehrua2flbqixmqabhkzumbrjcyimxmix_ex204yk7mykbmocackoj4-rneopidzhx3adway9ghyh_aem_mzzvdgss0ej41irt-ryrxg


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...