Sunday 16th August 2026

समाजमा अपाच्य हुने गीतलाई कानूनी कार्वाहीको माग गर्दै उजुरी


राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको मौलिकता र समाजिक मूल्य मान्यतालाई ति गीतहरुले  हानी गरेको भन्दै उजुरी गरिएको छ  ।जस अनुशार  चर्चित लोक गायक गायिका रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, सँगै  धुर्व  पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको ‘गाइ कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमार’ भन्ने गीतहरुलाई प्रतिबन्ध लगाउन माग गरिएको छ  उजुरीमा यी गीतहरुमा प्रयोग गरिएको भाषा हाउभाउ, भाव र सन्देशले सामाजिक मर्यादाको उल्लंघन गरेको जनाइएको छ ।

सोही उजुरीमा सामाजिक सद्भाव भड्काउने हाउभाउ देखाएको भन्दै  तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठ बिरुद्ध कानूनी कारवाहीको माग गरिएको छ । रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी” प्रतिबन्ध लागेपछि गायक खाँडले  उजुरी दिनु अघि एकपटक पनि छलफल नगरेकोमा गुनासो गरेका छन ।

उता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले  ‘समाजमा अपाच्य हुने’ ५ गीतलाई कानूनी कार्वाहीको माग गर्दै  नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरसहित पदाधिकारी र  संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी साइबरब्युरो पुगेर उजुरी दिएका हुन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन दिएको उजुरी हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले एक पोडकास्ट अन्तर्वार्तामा गाजामा हरेक रात ३०–४० जनालाई लक्षित गरी हत्या गर्नुपर्ने धारणा व्यक्त…

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

प्रतिकृयाहरू
...