विश्वभरी संजाल फिजाएर नेपाली र नेपाली संघसस्थाको छाता संगठन बनिरहेको गैर आवाशीय नेपाली संघ अर्थात एनआरएनएको पछिल्लो एकता महाधिबेशन पनि कतै हात्ती आयो हात्ती आयो फुस्सा जस्तो त होईन भने झैँ भएको छ। किनकी अहिले पनि एनआरएनएमा २ समुह आफ्नो काम कारबाही आफ्नै तरिकाले चलाएका छन एकता महाधिबेशन हुन् अघि बद्री केसी, आरके शर्मा र बिनोद कुवरले छुट्टाछुट्टै एनआरएनए चलाएका थिए । अहिले प्रधानमंत्री केपी शर्मा ओलीको समर्थन बद्री केसी समुहलाई र पररास्ट्रमंत्री आरजु राणाको समर्थन महेश कुमार श्रेष्ठ समुहलाई रहेको घाम जस्तै छर्लंग छ । त्यस अर्थमा पनि बुझ्न जरुरी छ कि आखिर स्वतन्त्र भनिएको नेपालीको अन्तरास्ट्रिय स्तर सस्थामा राजनीति गन्ध मजाले आएको छ ।
हिजो आरके शर्मा माओबादी निकट, बद्री केसी एमाले र महेशकुमार श्रेष्ठ कांग्रेश निकट भनेर गरिएको चर्चा पनि पछिल्लो घटनाक्रमले सहि साबित भएको छ हरेक क्षेत्रमा राजनीति हुने कुरा पनि बुझ्न अब कुनै कठिनाई भएन प्रधानमंत्री र पररास्ट्रमंत्री दुई समुहलाई साथ् समर्थन जनाए संगै अब एनआरएनएको अभियान चलाईरहेकालाई झनै समस्या पर्ने देखिन्छ ।
परराष्ट्र मन्त्रालयले एकता महाधिवेशनबाट निर्वाचित भएको महेशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएको कार्यसमितिबारे सबै नेपाली दूतावासलाई सर्कुलर पठाएको छ ।परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्वाचित भएको जानकारीसहित बिहीबार सबै दूतावासलाई सर्कुलर पठाएको हो । अहिलेसम्म आधिकारिक निर्बाचित भएको र आफ्नै नेतृत्व आधिकारिक भएको भन्दै सचिवालय हाकिरहेको बद्री केसी नेतृत्वको अर्को एनआरएनएलाई झट्का लाग्नेगरी परराष्ट्रले पत्राचार गरेको छ ।
पररास्ट्र मन्त्रालयकी शाखा अधिकृत सृजना कोइरालाद्वारा हस्ताक्षरित पत्रमा श्रेष्ठ नेतृत्वको कार्यसमितिले वैशाख ३० मा लेखेको पत्रअनुसार सबै दूतावासलाई जानकारीका लागि पठाइएको उल्लेख गरिएको छ । सो पत्रसँगै अब विदेशमा रहेका दूतावासले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई सरकारी कार्यक्रम तथा गतिविधिमा आधिकारिकता दिनुपर्ने बताइएको छ ।
पत्रमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले हालसालै काठमाडौँमा आयोजना गरेको गैरआवासीय नेपालीको एकता महाधिवेशन र तत्पश्चात लगत्तै सम्पन्न चुनावी कार्यतालिका बमोजिम महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी गराउँदै माननीय परराष्ट्र मन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको मिति २०८२।०१।३० को पत्र त्यहाँको जानकारी लागि पठाइएको ब्यहोरा निर्देशानुसार अनुरोध छ ।’