Saturday 14th June 2025

अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन


शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुगेकी थिइन्, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की ।
उनलाई शिक्षकहरूले अगाडि नै भनेका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’
सोही अनुसार उनी १२ बजे बानेश्वर पुगिन् । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए ।

‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भनेकी छिन्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’ सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् ।

शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्‍यायो अस्पताल ‘एक्कासी मलाई लाग्यो । दाहिने आँखा हेर्नै मिल्दैन,’ उनले भनिन् । आन्दोलनरत महिला शिक्षकले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई अस्पताल लैजान सहयोग गरेको थियो ।

‘मलाई सिभिल लगियो । बीचमा पुगेपछि अफिसमा खबर गर्न भनेँ,’ कार्कीले सुनाएकी छिन् ।सिभिलमा उपचार सम्भव नभएपछि उनको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।उपचारमा संलग्न डाक्टरका अनुसार उनको आँखाको भित्री भागसम्म चोट लागेको छ । भिजनमा समस्या छ ।

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले भनिन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

तेल अभिव: इजरायलले इरानमाथि ठूलो आक्रमण गरेको छ। इरानले आफ्नो आणविक स्थलमा आक्रमण गरेको छ। यसपछि इरानले बदलाको चेतावनी दिएको…

इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका…

शुक्रबार बिहान दर्जनौं सैन्य लक्ष्य र इरानी आणविक स्थलहरूमा आक्रमणको प्रारम्भिक लहरमा दर्जनौं इजरायली विमानहरूले भाग लिए। इजरायलमा सम्भावित इरानी…

प्रतिकृयाहरू
...