Sunday 1st March 2026

कल्याणकारीले आयोजना गर्ने भलिबल प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने


कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा जम्मा ९ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । हिँजो ३१ जनवरी शुक्रबारको दिन सम्पन्न टाइसिटमा ९ टिमले प्रतिस्पर्धामा सहभागी हुन टिम दर्ता गराएका हुन् ।

अन्तर-नेपाली भलिबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि दर्ता भएका टिमहरूमा बायाँ पोलबाट समाज सेवा सुधार भलिबल टिम र कल्याणकारी “बी” भलिबल टिम तथा फरवानिया भलिबल टिम र बागलुङ भलिबल टिमबिच छनाैट चरणका खेल खेलाइनेछ भने दायाँ पोलबाट मोना म्याग्दी भलिबल टिम र कल्याणकारी “ए” भलिबल टिम तथा पाल्पा श्रीनगर भलिबल टिम र लुम्बिनी भलिबल टिमबिच छनाैट चरणका खेल खेलाइनेछ । छनाैट चरणमा बाइमा परेको निरेम भलिबल टिमले पाल्पा श्रीनगर भलिबल टिम र लुम्बिनी भलिबल टिमको प्रतिस्पर्धाबाट विजेता बनेको टिम सँग खेल खेल्ने छ । उपरोक्त खेलहरूमा विजेत बनेका टिमहरूबिच सेमी फाइनल खेल खेलाइनेछ भने उक्त खेलबाट बिजेता बनेका टिमबिच खेल खेलाइ बिजेता टिमलाइ च्याम्पियन घोषित गरिने छ । खेलकुद प्रतियोगिता बिहान ८ः०० बजे शुरू भएर साँझ ५ः३० बजे सम्पन्न गर्ने आयोजकको योजना रहेको छ ।

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाइ २५१ केडि नगदको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने जनाएको छ । त्यसै गरि द्वित्तीय र तृतीय हुने टिमलाइ क्रमश १५१ र ७५ केडि नगद पुरस्कारको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने भएको छ ।

भलिबल प्रतियोगिताबारे जानकारीको लागि तपसिल बमोजिमका व्यक्तिहरूलाइ सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

कार्यक्रम संयाेजक नबराज पराजुली – 50616895
अध्यक्ष सुबास श्रेष्ठ – 50740848
टिम मेनेजर मदन पनेरू -98039897
टिम ब्यबस्थापन मेनेजर – निरज श्रेत्री – 92221235
टिम प्रशिक्षक ईस्वर श्रेष्ठ – 65118518
टिम क्याप्टेन राज कुमार नेपाली – 99819841
काेषाध्यक्ष बिष्णु गिरि – 66191895


सम्बन्धित शीर्षकहरु

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

प्रतिकृयाहरू
...