Sunday 16th August 2026

झापाली समाज कुवेतले स्व. संगीता भट्टराईको परिवारजनलाई आर्थिक सहयोग


झापा जिल्ला गौरादह न. पालीका बडा न. ८ निवासी भट्टराई बिगत ४ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएकी भट्टराईको गत २ डिसेम्वर २०२४ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो । स्व. भट्टराई गत ६ महिना अगाडी बाट समाजमा सदस्यको रुपमा आबद्द भएकी थिईन ।

मिति २१ जनावरी २०२५ मंगलबारका दिन गौरादह न. पालीका वडा न. ८ को वडा कार्यालयको सभा कक्ष हलमा गरिएको एक कार्यक्रमका साथ् गौरादह न.पालीका वडा न. ८ का वडा अध्यक्ष गणेश कु. राजवंशी , वडा सदस्य लालचन राजवंशी , मृत्कका बुवा पुन्य प्रसाद भट्टराई दिदि विष्णुमाया भट्टराई श्रीमान हरि बा. सेडाईका साथ् वडा वासी आमाबुवा दाजुभाई दिदीबहिनीहरुको उपस्थितिका साथमा समाजका वार्षिक छुट्टीमा जानुभएका पुर्वअध्यक्ष, संरक्षक गोबिन्द प्रसाद तिम्सीना , महासचिब राम न्यौपाने , सल्लाहाकार शिव लिम्बु , सदस्यहरु रोजिना ढुंगाना , सन्तकुमार अधिकारि , धर्मनन्द अधिकारी र अम्बिता धितालको उपस्थितिमा
स्व. भट्टराईको नाबालक ५ वर्षीय छोराको पालन पोषण र शिक्षा आर्जनको लागि झापाली समाज कुवेतले झापा जिल्लाको गौरिगंज स्थित नेपाल राष्ट्रिय बैकमा स्व.भट्टराईका सुपुत्र दुर्लभ सेडाईको नाममा आफु १६ बर्ष भई नागरिता बनाए पछी मात्र सो रमक निकाल्न मिल्ने गरि खाता खोली रु १,१८,३८०|- अक्षरुपी एक लाख अठार हजार तीन सय असी जम्मा गरि बैक खाता संगै सम्बन्धित सम्पूर्ण कागजात स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरेको छ ।

“हाम्रो एकता विकासको लागि” भन्ने मूल नाराका साथ् स्थापना गरिएको २०१३ देखि कुवेतमा स्थापित कृयाशिल झापाली समाज कुवेतले समाजमा आवद्द सदस्यहरुको आर्थिक उन्नती तथा जिल्लाको विकासको लागि विभिन्न सहयोग र सामाजिक सेवाका कार्यहरु गर्दै आएको र विश्वभरि छरिएर रहेका झापालीहरुलाई एकीकृत गर्दै ५० देश भदा वढि झापाली समाजका सन्जालहरु फैलाउदै अन्तराष्ट्रिय झापाली समाज पनि गठन गरि विभिन्न सेवा मुलक कामहरु गर्दै आई रहेको छ।
र सो कार्यक्रमका साथै नेपालमा रहेर पनि समाजले गर्ने हरेक कार्यहरु र दिएका जिम्मेवारीहरुलाई निर्स्वार्थ भावनाका साथ् काम गर्दै आउनु भएका सदस्यहरु सन्तकुमार अधिकारी , धर्मनन्द अधिकारी र सल्लाहाकार शिव लिम्बु लाई पुर्वअध्यक्ष, संरक्षक गोबिन्द प्रसाद तिम्सीना ले खादा ओडाएर सम्मान गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

BREAKING: इरानी अधिकारीहरूले मार्जिएह नेयरी (Marzieh Neyri, जसलाई Marziyeh Nayeri भनेर पनि उल्लेख गरिएको छ) नामकी एक युवतीलाई मृत्युदण्ड दिएका…

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङ्झाउमा सुरु…

प्रतिकृयाहरू
...