Thursday 7th August 2025

‘आयो है दशैं आयो’ गीत सार्वजनिक (भिडियोसहित)


दशैको माहोल नजिकिँदै गर्दा ‘आयो है दशैं आयो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको ‘आयो है दशैं आयो’ दशैंको नँया गीत सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ। संगीत संयोजन राजेन्द्र बजगाइले गरेका छन् । गीतमा सुवेदी तथा गायिका गीता पाण्डेको आवाज रहेको छ।

गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग-सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग भने मनोज परियारले गरेका हुन् ।

गीतको भिडियो एपीयस नेपाल युट्युवच्यानलमा लिरीकल संगीत बजारमा आएको छ ।


सम्बन्धित शीर्षकहरु

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

प्रतिकृयाहरू
...