Monday 12th October 2026

‘आयो है दशैं आयो’ गीत सार्वजनिक (भिडियोसहित)


दशैको माहोल नजिकिँदै गर्दा ‘आयो है दशैं आयो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको ‘आयो है दशैं आयो’ दशैंको नँया गीत सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ। संगीत संयोजन राजेन्द्र बजगाइले गरेका छन् । गीतमा सुवेदी तथा गायिका गीता पाण्डेको आवाज रहेको छ।

गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग-सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग भने मनोज परियारले गरेका हुन् ।

गीतको भिडियो एपीयस नेपाल युट्युवच्यानलमा लिरीकल संगीत बजारमा आएको छ ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...