Monday 28th September 2026

लघुकथा ‘चोर’ को समीक्षा


पुष्कर अथक रेग्मी – नमस्ते आधुनिक लघुकथा मञ्चको छैठौं वार्षिकोत्सबको अवसरमा दोस्रो दिन मञ्चको वालमा लघुकथाकार लक्ष्मण अर्यालद्वारा लिखित एवं संप्रेषित कथाको शीर्षक ‘चोर’ हो ।
के काम गरेको थिइस र पकडाउ परिस भनी पुलिसले सोद्धा चोरले सटिक जवाफ दिन्छ ” जीवनवृत्ति ” । नेपाली शव्दकोष अनुसार जीवनवृत्तिको अर्थ खाइजिविका, जिविका,परबस्ती,रोटी ,वर्तनी भन्ने हुन्छ ।
सुखदुखका साथ रोजीरोटी गरी बसेका व्यक्तिलाई चोर भनी समातिन्छ र केरकार गर्ने क्रममा पुलिसढले आफूबाट केहि प्रतिफल नपाएकोले समातिएको हुँ भन्रे रहस्योद्घाटन सहित कथाको समापन हुन्छ ।
पुलिस र चोर पात्र रहेक‍ो सम्वादात्मक शैलीको कथा पुलिस चौकीकै सेरोफेरोमा च‍ोरद्वारा ,” यसपल्ट तपाईंका मान्छेलाई अलिकति प्रसाद नबाड्दा म पकडाउमा परे” भनी कथा समाप्त हुन्छ । कथाको समाप्तिनै यतिको बलियो छ कि जसबाट सयौं कथाहरूको पुनर्जन्म हुन्छ।
समाप्तिसंगै नेपाली जनताका दैनन्दिनीसंग गासिएका यक्ष प्रश्न, प्रशासनिक अक्षमता, भ्रष्टाचार , दलाली र घुसघोरीसंग सम्बन्धित अनुत्तरित प्रश्नहरूको उठान भएको छ ।
बिशेषत : मुलुकको गृह प्रशासनभित्रनै दरो आर्थिक चलखेल हुने, कमिसन खानु, खुवाउनु पर्ने , दोषि भन्दा निर्दोषिलाई सजाय दिइने, प्रमाण विनानै गिरफ्तार गर्ने, केसहरूलाई विषयान्तर गर्ने ,मुद्दाको उठान र सम्बोधन न्यायसंगत नहुनु जस्ता कार्यहरू बढदै गएको परिप्रेक्ष्यमा ‘चोर’ कथाले साच्चैनै लुकेका चोरहरूलाई उदाङ्गो पारिदिएको छ ।
विम्ब र प्रतीकको प्रयोगसंगै बौद्धिक पाठकका लागि संप्रेषित कथा सशक्त र कुरोमा चुरो भएको कथा रहेको छ । उपयुक्त शव्द चयन र आवश्यक सम्वादमा संरचित कथा
पाठकका लागि महनीय, स्रष्टाका लागि मननीय,द्रष्टाका लागि उदाहरणीय , सोंचका लागि अनुसन्धानीय एवं सबैका लागि संग्रहणीय रहेको छ । लघुकथाकारलाई बधाई !
******
मूल कथा
लघुकथा : चोर
लघुकथाकार :लक्ष्मण अर्याल

पुलिसले उसलाई केरकार गर्दै भन्यो – “किन ल्याए तँलाई यहाँ ?”

उसले भन्यो – “मेरो काम तिनीहरूलाई मन परेन रे साप ।”

“के काम गरेको थिस् र त्यस्तो ?” – पुलिसले सोध्यो ।

“जीवनवृत्ति ।” – उसले छोटोमै उत्तर दियो ।

पुलिसले फेरि सोध्यो – “कस्तो जीवनवृत्ति ? के भन्न खोज्या खुलस्त भन् ।”

उसले ह्वाङ्गै खोल्यो – “चोरी ।”

“चोरी गर्नु पाप हो । किन चोर्छस् यसरी तँ ?” – पुलिस अलिकति आदर्श मोलेर बोल्यो ।

उसले पिटाइको पर्वाह नगरेरै भन्यो – “भोकले । भोको पेटले धर्म र पाप छुट्याउनै सक्दैन साप । सुन्नुस् न – यसपल्ट तपाईंका मान्छेलाई अलिकति प्रसाद नबाँड्दा म पक्राउमा परेँ ।”


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...