Saturday 28th September 2024

चित्रमा पञ्चाङ्ग, भाग-११५


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८१/०२/३०
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल

समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

जिन्दगीको यात्रा अनौठो भयो हेर
आधा मरेको यो शरीर रह्यो हेर
मान्छेले गरेको विकास रहेछ यो
समाचारको टाउकोले कह्यो हेर
पशु हो नि परेको जति सह्यो हेर ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

कष्ट काटियो जिउॅदा कष्टै छ मर्दा पनि
आयो काल बनेर यो झोलुङ्गे तर्दा पनि
हाॅसेका देख्छु मानिस यस्तो दु:ख हुॅदामा,
तस्बीर खिच्नै व्यस्त छन् आपद पर्दा पनि
आफ्नै चिन्तना छ धेरै खोलीमा झर्दा पनि ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ३

विकासलाई हामीले सही दिशामा मोड्न सकेनौ
लोकतन्त्र त ल्यायौ नि पुरानो ढर्रा तोड्न सकेनौ
नेपाली- नेपाली जुट्नु पर्थ्यो तर सिकेनौ कहिल्यै
आक्रोश मात्रै पोख्यौं बानी त कहिल्यै छोड्न सकेनौ
अझ पनि कर्णालीलाई राज्यसँग जोड्न सकेनौ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ४

दुई डाँका जोड्ने झुलुङ्गे पुल रहेछ
कञ्चन खोला पानी बग्ने मुल रहेछ
मान्छेको दिनचर्या गर्ने बाध्यता होला
पुलको नाममा केवल झुल रहेछ
नायक चुन्ने जनताको भुल रहेछ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

विकास कहिले गर्ने साधक तिमी
अँध्यारो बनायौ देश चालक तिमी
पुल पक्का बनाऊ न नेता कसैगरि
समस्या जनतामा छ पातक तिमी
कति मञ्चन गर्दछौ नाटक तिमी ।

भगवती दवाडी , दमक,झापा

पञ्चाङ्ग ६

सँरचना कम्जोर रकम जति गोजि भरिए
काम गर्ने हैन कमिसन दिने खाेजि गरिए
अवस्था अति बिकराल त्यसैमा परे खच्चड नि
आवश्यकता हैन मनोरञ्जने टावर बनिए
सबैभन्दा सर्वश्रेष्ठ प्राणि मान्छे पशु जनिए ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ७

मानवीय दुष्टताको के कुरा गर्नु
आफ्नो अभिस्ट जसरी नि पूरा गर्नु
जन्तुका प्रतिको क्रुरता जीर्ण पु्ल
आङ कन्यायो आफ्नै आङ बुरा गर्नु
श्रमले हो अधुरा कर्म पूरा गर्नु !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ८

थेग्न नसकिने किन? यो भारी सधैँ
गर्नुपर्ने ~ बोकेर वारि पारी सधैँ
भारी बोक्नैको लागि जन्मिएको हो म
पीडाले एैया भन्दै आँसु झारी सधैँ
लड्नुपर्ने ~ पुल,भिर र बारि सधैँ ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ ।

पञ्चाङ्ग ९

बनाएका संरचना कम्जाेर भएर
जिम्मेवार मानिस सबै चाेर भएर
कहिले मान्छे कहिले पशुकाे दुर्दशा
हेर्दा पनि मन आउँछ बाेर भएर
दुर – दराजका ठाउँ अघाेर भएर ।
सूर्य गिरी पाेखरा

पञ्चाङ्ग १०
अप्ठ्यारोमा छिट्टै दायाँबायाँ सर्नु पर्छ
सकेसम्म आफ्नै मात्रै झोली भर्नु पर्छ
यति कुरा त बुझ्नु पर्ने हो मानिसले
कुरा बुझ्नु र पछि दौडिने गर्नु पर्छ
पशुले मौका हेरेर आफैँ चर्नु पर्छ ।
पूर्णबहादुर श्रेष्ठ

पञ्चाङ्ग ११

जसकाे शक्ति उसैकाे भक्ति भएकाे छ
सामानकाे खच्चड पुलमा गएकाे छ
झाेलुङ्गे पुलमाथि खच्चड अल्मलिए
खच्चडकाे खुट्टा छिर्दै तल आएकाे छ
र निर्धाे प्राणीले बडाे दु:ख पाएकाे छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १२

विवादित सान जोखिममा हुन्छ
धरापको मान जोखिममा हुन्छ
आश्वासनबिच ललीपप बाँड्दा
सत्य पहिचान जोखिममा हुन्छ
हरेकको ज्यान जोखिममा हुन्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १३

एकभ्यूटावर बन्छ पुल बन्दै सुन्दर देशमा
सपुशु समेतलाई हुन्छ बरबर देशमा
नेताले विकासको नाउमा भोट माग्नेहरू
देशको हालात सधै भरी त्यो गदर हुन्छ
घरमा बास छैन युवा। सधै सफर हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १४

अन्जान जनावर खच्चड फसेको छ
कसरी कमजोर पुलमा पसेको छ
उसको के दोष प्रयोगकर्ता स्वार्थले
ज्यान जोगाउन नदिमा त्यो खसेको छ
हेर्दा जोखिमपूर्ण कुनै त धसेको छ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १५

सुखमा मुस्कुराउँछ दु:खमा धन मलिन लाग्छ
जति नै बुझ्यो उति नै जिन्दगी झन मलिन लाग्छ
ओठ र जिब्रोले माग गर्छन् उही पीडा ,बुझ्छ कसले
व्यवस्थापनमा कमजोरीमा मन मलिन लाग्छ
दृश्यसँग तुलना गर्दा आफ्नै तन मलिन लाग्छ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १६

जिन्दगीको नदी पार गर्न कतै पुल हुनसक्छ
निराश्रित भई कदम चलाउँदा भुल हुनसक्छ
अल्मल्याउन देखापर्दछ बाटोबिच मृगतृष्णा
कहिल्यै नहिडेको बाटोमा धेरै शूल हुनसक्छ
झुक्याइदिने दुरुस्तै कागजको फूल हुनसक्छ ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग १७
मानवताको झलक पशुको नजरमा देखिन्छ
तर पशुको चाहिँ मानिसको बजरमा देखिन्छ
हुनपनि अत्ति नै साह्रो चट्याङसरिको हेरियो
युगौंदेखिको त्यो तुच्छ आधार अजरमा देखिन्छ
मनुष्यत्व जहा दूरस्थ भुक्ने गजरमा देखिन्छ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १८

आफ्नू बालख मान्नुपर्छ पशु प्राणीलाई
आफ्नू पालक मान्नुपर्छ पशु प्राणीलाई
कष्ट हुँदा त्यो पशुलाई मन धेरै दुख्नेछ
आफ्नू चालक मान्नुपर्छ पशु प्राणीलाई
आफ्नू लालक मान्नुपर्छ पशु प्राणीलाई ।

खोम काफ्ले
दागाना,निचुला,भूटान,

पञ्चाङ्ग १९
१.
म छु भनेर उभिने छैनन्
मेरो जिम्मेवारी लिनेे छैनन्
दलदलबाट उक्सिन मन
अफसोच सहारा दिने छैनन्
यस्तो अवस्थामा सम्झिँने छैनन् ।
२.
सकसमा परेको छ जीवन
दु:खमा लडेको छ जीवन
एकदम निराशाको बतास
र जिउँदै मरेको छ जीवन
तलैतल झरेको छ जीवन। ।

पृथक प्रकृति

पञ्चाङ्ग २०

खच्चरको पनि उस्को ठाउँमा मान छ हेर
पशुको पनित आफ्नै तरीका सान छ हेर
अत्याचार गरेछन् मानवले पशु बनेर
भारी बोकेर हिड्न पशुलाई टान छ हेर
कष्टकरको भारीमा मानव गान छ हेर ।

बेदु न्यौपाने
काठमाडौँ

पञ्चाङ्ग २१

उसले लामो सफर गरेछ साथी
नजिकैको जङ्गलमा चरेछ साथी
बिचरा मकाएको पुलमा पसेछ
अलिअलि गर्दै बिच सरेछ साथी
आधा बिचैमा अभर परेछ साथी ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग २२

देश स्वीजरल्याण्ड बनाउनेहरु कता छौ
भ्रष्टाचारमा डुङ्ग गनाउनेहरु कता छौ
धराप थापेर अझै,कति बस्छौ यो देशमा,
भ्रष्टहरुको देश भनाउनेहरु कता छौ
लाशमाथी उत्सव मनाउनेहरु कता छौ?

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग २३
मान्छे नमान्ने ठाउँमा वस्तुलाई करै भयो त्यहाँ
कस्तो पुल अनि साँगु हो त्यहाँ त डरै भयो त्यहाँ
अवस्था विकराल त्यस्तोमा खच्चरको दशा किन?
सरकारले विकास गर्नु पर्ने बरै भयो त्यहाँ
पुलबाट हिड्दा बांँच्न भगवान भरै भयो त्यहाँ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” ।


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...