Saturday 28th September 2024

चित्रमा पञ्चाङ्ग, भाग-११४


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

===========
पञ्चाङ्ग १

हिंस्रकले आहार खोज्छ, मायामा मारिन्छ माछा
लोभमा गड्यौँलाको बल्छिमा आफैँ परिन्छ माछा
प्रकृति हो साथी यो हेर तमासा जीवहरूको
साथित्व जोगाउन भनी पानीमा तैरिन्छ माछा
फेर्न भनी सास यहाँ नदीमा गहिरिन्छ माछा ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

आफ्नाे पेट भर्नलाई मारिन्छ है अर्काे
झुक्याएर पनि जालमा पारिन्छ है अर्काे
तँ छाड् म छाड् ठुलाे सानाे याे हाे जिन्दगानी
जित्न आफू तलतिर झारिन्छ है अर्को
बासबाट अन्यत्र नै सारिन्छ है अर्काे ।

चन्द्रावती अधिकारी

पन्चाङ्ग ३

प्राकृतिक प्रणाली यस्तै छ मार्नुको चलखेल
ठु्लाले साना लाई पछारी खार्नुको चलखेल
मृत्युलाई कसले पो जितेकोछ यो नियमै हो
मांसाहारीको जीत्नु तिक्डम हार्नुको चलखेल
यो पेट भर्न अरुलाई पछार्नुको चलखेल ।

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ४

पानीबाट बाहिर आएपछि मरेकाे हुन्छ माछा
जालभित्रकाे खाना खानलाई सरेकाे हुन्छ माछा
आफ्नाे पेट भर्ने चक्करमा अरुकाे आहारा बन्ने
मरि सकेपछि आफैं पानीमा तरेकाे हुन्छ माछा
माझीकाे जाल देखेपछि साह्रै डरेकाे हुन्छ माछा ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ५

एक अर्कामा भर पर्नुपर्छ सबैले
भोक लाग्दामा पेट भर्नुपर्छ सबैले
जन्म र मृत्य शाश्वत सत्य कुरा हो
जसरी पनि पार तर्नुपर्छ सबैले
अघिपछि मात्रै हो मर्नुपर्छ सबैले ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ६

सानाले ठुला खाने नियम नास गर्यो
सबैको भित्रमा सैतानले बास गर्यो
सानो माछालाई समेत ठुलाले खान्छ
हिशंक भयो जिव जन्तु हतास गर्यो
प्रकृती पनि बुझ्नै गारो तमास गर्यो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ७

पानीको बासस्थानबाट सारिन्छ लोभले
स्वार्थको जालझेलमा नै पारिन्छ लोभले
सौम्यलाई बिस्मातमा बदल्नेहरूबाट
तातो तेलमा लगातार तारिन्छ लोभले
पेट भर्न अर्कालाई नै मारिन्छ लोभले ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

आफू बाँच्न कसैलाई मार्नु पर्ने
पराइलाई मारेर भोक टार्नु पर्ने
हे दैव यो कस्तो नियम बनायौ
एउटाले जिते अर्कोले हार्नु पर्ने
बलियाले निर्धोलाई नै दार्नु पर्ने ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग ९
एउटाको अर्को हो शिकार जिन्दगी
भोक र प्यासले छ लाचार जिन्दगी
अन्तिम लक्ष खानु-लाउनु रहेछ
बिहान बेलुकाको हतार जिन्दगी
बाहानामा हुन्छ घरबार जिन्दगी ।

• देवी पन्थी///

पञ्चाङ्ग १०

कुकुरले माछो पाएछ यहाँ
खेलाई खेलाई खाएछ यहाँ
अजिङ्गरको आहारा दैवले
पुऱ्याउन आफैँ आएछ यहाँ
भाग्यले खान भेटाएछ यहाँ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ११

डराइ डराइ हामी यस्तै एकदिन मर्नुपर्ने
कराइ कराइ हामी यस्तै एकदिन मर्नुपर्ने
घमन्ड धेर गरेपनि जानुपर्छ सबै छोडि
झराइ झराइ हामी यस्तै एकदिन मर्नुपर्नै
हराइ हराइ हामी यस्तै एकदिन मर्नुपर्ने ।

खोम काफ्ले,
दागाना,निचुला, भूटान

पञ्चाङ्ग १२

प्राणी बिच सम्बन्ध जाेडिनु पर्छ
अापसी वैरभाव ताेडिनु पर्छ
शक्तिकाे भरमा चल्दैछ जीवन
प्राकृतिक नियम गाेडिनु पर्छ
हत्याहिँसामा प्राण छाेडिनु पर्छ ।

सूर्य गिरी-पाेखरा

पञ्चाङ्ग १३

निर्दो हुँदा अरुको भर पर्नु पर्दाेरहेछ
भोक प्यासमा त यो भुँडी भर्नु पर्दोरहेछ
जन्म र मृत्यु शाश्वत सत्य कुरा छ ता पनि
असहजमा ठाउँ अन्तै सर्नु पर्दोरहेछ
एकपटक त सबैले मर्नु पर्दोरहेछ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १४

यसो हेर्दा सबैलाई कस्तो कस्तो लाग्न सक्छ
जहाँ प्रेम हुन्छ त्यहाँ घृणा टाढै भाग्न सक्छ
भलै उ पानीमा बाच्ने जीव हो म जमिनमा
दुवैले परिस्थिति बुझे सद्भाव जाग्न सक्छ
अंकमाल गरौं भन्दै अनि हात माग्न सक्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १५

यस्तै छ यहाँ एकअर्कालाई मार्ने गर्छन्
कहिलेकाहिँ त्याग गरेर नि हार्ने गर्छन्
प्राकृतिक नियम अनौठो जनावरको
एक पछि अर्कोलाई झम्टेर सार्ने गर्छन्
एकआपसमा लखेटेर नै खार्ने गर्छन् ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १६
यो विभाजक सङ्घर्षको मर्म कसले खन्छ र?
प्रकृतिको अनुपमलाई कसले के भन्छ र?
परिभावनाले जसोतसो पेट त भर्नै पर्यो
लुलो लङ्गडो प्राणीलाई यहाँ कसले गन्छ र?
गने त अजिङ्गरको आहारा कसले बन्छ र?

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १६

कुकुर आहारा खोज्न नदिमा मारिन्छ माछा
तल पानीबाट आफूले माथि सारिन्छ माछा
सानो चिजमा ठूलो चिजकाे सार नहुदाँ त
सानो बस्तुलाई त आफू तिर झारिन्छ माछा
पेटको भाेक मेटाउन उतै पारिन्छ माछा ।

श्रीकृष्ण धामी – बझाङ


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...