“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
 विधा :- पञ्चाङ्ग
 अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
 मिति:- २०८१/०२/०१४
 ………………………………..
 प्रशिक्षक:-
 रामराजा के.सी.
 नारायण प्रसाद निरौला
 भाषा शुद्धीकरण सुझाव :-
 चन्द्रावती अधिकारी
 सङ्कलक :- सविता के.सी.
 सहजकर्ता :-
 (महासचिव)
 रामराजा के. सी.
 प्रेम थापा “मन”
 ======================
 उस्तै शब्दहरू : अभ्यासमा दिएको जस्तो हेरेर मिल्दो ।
 दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
 अक्षर संख्या :- ५ देखि २५ बराबरी
 पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
 =======
 पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
 पञ्चाङ्ग १
जीवन रथ यात्रामा साथ हुँदो हो
 परायले जिस्क्याउँदा मनमा छुँदो हो
 जान्छन् छाडेर, जानेहरू माया मारेर
 एकान्तमा सम्झिएर मायालु रुँदो हो
 ओल्ट्याई कोल्ट्याई हृदयलाई धुँदो हो ।
सविता के.सी.
 दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
चिनीसँग नुन मिसिएकै भन्नु पर्छ
 गहुँसँग घुन पिसिएकै भन्नू पर्छ
 जसले पनि सोझो रुख काट्दा रहेछन् ,
 नेताद्वारा जनता थिचिएकै भन्नुपर्छ
 काम नाम दाम घिचिएकै भन्नुपर्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ३
खट्न र अट्न सक्ने थुप्रै थुप्रै लजालु बानी छन्
 कुनै प्रहरमा आकृष्ट हुने प्रविष्ट दानी छन्
 वैरी नै धाए पनि , वृष्टिको बादल छाए पनि
 हरेक दृश्य झल्काउने , यिनै आँखाका नानी छन्
 अव्यक्त आँखाका नानीमा निर्मल थोपा पानी छन् ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
अघि बढ्न चाहनेले गल्तीदेखि डराउनु हुन्न
 हारे पनि आफ्नो सिद्धान्तलाई हटाउनु हुन्न
 गल्ती र हारहरूले सिकाउँदछ धेरै कुराहरू
 जागृत रहेर जिन्दगीमा निद्रा झकाउनु हुन्न
 हारिन्छ भनी जिन्दगीलाई धेर लदाउनु हुन्न ।
लक्ष्मी दास शर्मा
पञ्चाङ्ग ५
आफ्नो उन्नति प्रगतिमा रमाउनुपर्छ
 सही बाटो हिड्ने मेसो नै समाउनुपर्छ
 हामी ओकात भन्दा माथि जानू हुन्न बुझौँ
 आफूलाई चाहिने धन जमाउनुपर्छ
 यहि मार्ग सन्तानलाई थमाउनुपर्छ ।
दुर्गा भट्टराई
पञ्चाङ्ग ६
बेसहारालाई सहारा दिनुपर्छ
 भोकाएकालाई आहारा दिनुपर्छ
 हामिले हाम्रा यि सन्तानहरुलाई
 राम्रो संस्कार अभिभारा दिनुपर्छ
 सही बाटो हिंड्न इसारा दिनुपर्छ ।
सरिता सेढाई धादिङ
पञ्चाङ्ग ७
सम्झनालाई कोशेली आँसु नै लिनेछु सानू
 झल्को मेटाउनलाई रुमाल दिनेछु सानू
 भुल कस्को कहाँ किन कसरी भयो अजान
 ढिलै भएनि छद्मभेषी रुप चिनेछु सानु
 तिलाञ्जली दिएर माया पीडा किनेछु सानू ।
 संगीता खरेल
 चन्द्रागिरी ८ काठमाडौँ
पञ्चाङ्ग ८
घरमा द्वन्द बढ्छ यसको कारण जानी लिनु हो
 कतै आफैँमा दोष छ कि निष्पक्ष छानी लिनु हाे
 घरका सबै नै जान्ने बन्दा युद्धस्थल बन्न सक्छ
 एउटा चर्किँदा अर्को नबाेल्नु राम्रो बानी लिनु हाे
 झगडा पर्दा जड अौषधि मुखमा पानी लिनु हाे ।
सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग ९
देश बनाउने नियत नै हुँदो हो
 गरिबीको बेदनाले मन छुँदो हो
 योग्य व्यक्ति उच्च पदमा हुन्थे होलान्
 जनताको सारा दुःख बुझी रुँदो हो
 अकुत धन बुझाई आत्मा धुँदो हो ।
 सुस्मिता अधिकारी , काठमाडौँ
पञ्चाङ्ग १०
उसले माया नगरे पनि मैले भने गरिरहन्छु सधैँ
 अभर परे नि परौला मायाकै भर परिरहन्छु सधैँ
 यत्रो मायाको संसारमा म यौटा अभर परेर के हुन्छ
 एकान्तमा आँशु झार्दै मायाकै सागर तरिरहन्छु सधैँ
 माया नै बाँचिरहोस् युगयुग सम्म मै मरिरहन्छु सधैँ ।
 -पशपती राई खोटाङ ।
पञ्चाङ्ग ११
अर्काकाे प्रगति देखेर बल्नेहरू धेरै हुन्छन्
 झगडा गर्ने नियतले चल्नेहरू धेरै हुन्छन्
 आफू गर्न केही नसकेर नै रिस गर्छन् मान्छे
 तल पर्न थालेपछि खुट्टा मल्नेहरू धेरै छन्
 सबै ठाउँकाे हारले पुन: ढल्नेहरू धेरै छन् ।
नवराज भट्ट
 कञ्चनपुर
पञ्चाङ्ग १२
तिम्राे सफलता नमिले उदाहरण मलाई राख्नू १९
 जवानी छँदै रिसराग गरी मलाई जलाई राख्नू
 पलपल तिम्राे मायाकाे भिखारी भएर छु बाँचेकी
 सजाएका छाै कसैलाई भने दिलमा छलाई राख्नू
 पीडाहरूमा मुस्कुराउँला मेरो घाउ चलाई राख्नू ।
 भावना मञ्जु
 माेरङ
पञ्चाङ्ग १३
जनधन क्षतिमा आएकाे गणतन्त्र भाेट लिएर गयाे
 सुशासनको प्रत्याभूति देकाे गणतन्त्र चाेट दिएर गयाे
 सहने बिर्सिने स्वास चलेपछि मुर्दा सरह भयाै हामी
 शासक नीतिगत निर्णय लिई भरि नाेट सिएर गयाे
 जीवनभर सत्ता भत्ता पिएको दु:ख खाेट छिटेर गयाे ।
प्रद्युम्न चालिसे
 भक्तपुर कटुञ्जे
पञ्चाङ्ग १४
कानुनको दायरामा पर्नु छ एकदिन
 दोषीलाई कारबाही गर्नु छ एकदिन
 धैर्य धारण पनि एउटा विजय नै हो
 मान्छे आफ्नै शक्तिबाट झर्नु छ एकदिन
 कुर्दा कुर्दै पर्खाइले मर्नु छ एकदिन ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पन्चाङ्ग १५
 लोकतन्त्र ह्वात्तै आयो सुकी गयो
 लौ जान्छु पनि भनेन लुकी गयो
 कुकुर भुक्थे, तर किन भुकेनन्
 धेरै पर स्याल जस्तो भुकी गयो
 बत्ती गयो, मोम गयो टुकी गयो ।
 •देवी पन्थी ///
पञ्चाङ्ग १६
गुलाफ फूलमा काँडा हुन्छ
 काम गर्छु भन्दा बाधा हुन्छ
 कसरी छुट्याउँ राम्राे नराम्रो
 मनकारी मान्छे सादा हुन्छ
 निष्ठुरीकाे मन टाढा हुन्छ ।
सूर्य गिरी – पोखरा
पञ्चाङ्ग १७
अर्काको प्रगतिमा नै जलन किन ?
 डाह गर्ने बस्यो कस्तो रटन किन ?
 प्रभुलाई मनमा राख्ने गरौँ काज
 व्यर्थ छन् आखिरीमा भवन किन ?
 अर्पण गर्नु प्रभुमा यो मन किन ?
कार्की डिबी माकुम
 सुनवल-४, नवलपरासी
 
 














