Thursday 16th April 2026

साहित्यकार रोहितको परिचय


पुष्कर अथक रेग्मी – सानो छदाँ ‘कल्लु ‘नामले बोलाइने साहित्यकार रोहित प्रसाद ज्ञवाली पाल्पा तानसेनका क्रियाशील साहित्यकार हुन् । साहित्यकार रोहित सेवानिवृत राष्टसेवक कर्मचारी, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाका उपाध्यक्ष र लुम्बिनी वाङमय प्रतिष्ठान पाल्पाका सदस्य रहनुका साथै विभिन्न साहित्यिक संस्थाहरूमा आजीवन सदस्य समेत रहेका छन् । आध्यात्मिक चिन्तन र सामाजिक कार्यमा समेत सक्रिय रोहित नेपाल रेडक्रस सोसाइटीका बिशिस्ट सदस्य समेत हुन् ।

बाल्यवस्थादेखिनै साहित्य सिर्जना, अध्ययन, लेखन कार्य चित्रकारितामा समेत रुचि राख्ने रोहितले टेक्सटाइल,जनरल मेकानिक्स, बाटिक कला लगायतका बिषयहरूमा सफल तालिम लिएका छन् । कालिका मन्दिर व्यवस्थापन समिति तुम्कोट वाङ्ला अर्घाखाँचीबाट प्रकाशित हुने संगाल‍ोहरूमा लेखहरू प्रकाशन;उत्साह, शंखनाद, दीपज्योति, शिक्षाज्याोति, दीप शिखा, वाटिका, हाम्रो पुरूषार्थ जस्ता संगालोहरू र नव जनचेतना दैनिक तथा परेवा लगायतका पत्रिकाहरूमा कविता तथा लेख रचनाहरू प्रकाशित गर्दै आएका साहित्यकार रोहित प्रसाद ज्ञवाली लघुकाव्य उपविधा गुलेलीका समेत प्रवर्तक हुन ।

बाह्र गुणे तीनको छ्त्तीस अक्षरी संरचना भएको गुलेली काव्यका लागि प्रवर्तक रोहित ज्ञवालीका तीनवटा गुलेलीहररू यस प्रकार रहेका छन :
किफायती पहिरन युवतीको
बढीमा ती आठ अंगुल वश्त्रको
के गर्नु !शोख छ, राजकुमारीको । १ ।

युवती, प्राकृत सौर्न्दर्य छोपेर
अनेकाथरी लिपपोत गरेर
चुनौती दिन्छन् मौलिकता तोडेर । २।

युवकले पुरै ढाक्छ्न् फेसनमा
युवती नाङ्गिन थाल्छिन् फेसनमा
किफायती पोषाक रे ! फेसनमा ।३।

विशेष आख्यान र काव्य विधामा कलम चलाउदै आएका साहित्यकार रोहितको उपन्यास, आशाका अङ्कुरहरू (२०७३), विविध सङ्ग्रह, यात्रा एक तरङ्ग अनेक (२०७४), कविता सङ्ग्रह, कुण्ठा देशको (२०७८) ,संयुक्त साइनो सङ्ग्रह, पाल्पाली साइनो (२०७७)र संयुक्त साइनो सङ्ग्रह, पाल्पाली साइनो भाग-२ (२०७८) प्रकाशित भएका छन् । अझैपनि गुलेली काव्य सहित रोहितका केही कृतिका पाण्डुलिपिहरू प्रकाशोन्मुख अवस्थामै रहेका छन् । आगामी दिनमा ती सबै कृतिहरू प्रकाशित हुँदै जाउन र बाँकी जीवन साहित्यमय बनिरहोस् शुभकामना !


सम्बन्धित शीर्षकहरु

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

प्रतिकृयाहरू
...