Sunday 22nd February 2026

शिल्पी संघ नेपाल-कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः ज्ञान बहादुर गजमेर


शिल्पी संघ नेपाल-कुवेतको चौथो अधिवेशन यहि ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको जलिबस्थित पापिन्स हलमा सम्पन्न भएको छ । संस्थाको चौथो अधिवेशनबाट वर्ष २०२४-२०२६ कार्यकालको लागि ज्ञान बहादुर गजमेरको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ भने मस्त बहादुर तिरूवाको नेतृत्वमा संरक्षक/सल्लाहकारहरू समेत सार्वजनिक गरेको छ ।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष ज्ञान बहादुर गजमेरको सभाध्यक्षता र नेपाली राजदुताबास कुबेतकी मिशन उप-प्रमुख/काउन्सिलर सुजनी राणाको प्रमुख अातिथ्यता तथा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष श्री एकराज मल्ल ठकुरीको विशेष अातिथ्यता साथै बिभिन्न संघ संस्थाका पदाधिकारी/प्रतिनिधिहरूको समुपस्थितिमा राष्ट्रिय पञ्चेबाजा समुह नेपाल-कुवेतका पञ्चेबाजा सहितको बेजोड प्रस्तुतिसहित सांगीतिक माहोलका साथ सम्पन्न भएको थियो ।

प्रथम उपाध्यक्ष श्री अनामिका तिरुवाको संचालन र दिनेश माल परियारको स्वागतमा सम्पन्न गरिएको चाैथो अधिवशेन समारोहमा शुभकामना मन्तव्य दिनु हुँदै प्रमुख अतिथि राणाले प्रवासमा रहेर पनि वर्गिय हितको लागि कृयशिल सिल्पी संघले गरेका राम्रा कार्यहरूको प्रशंसा गर्दै सामाजिक र मानविय सेवाका कार्यमा सबैसँग हातेमालो र सहकार्य गरेर अघि बढोस भन्ने कामना गर्दै अप्ठेरोमा परेका नेपाली श्रमिकहरूका समस्या समाधानमा नेपाली दूतावास सधैं साथमा रहेको बताउँदै नव निर्वाचित कार्य समितिले अागामी दिनमा अझ सशक्त भएर कार्य गर्न सफल होस भन्ने शुभकामना व्यक्त गरिन् ।

नव निर्वाचित कार्य समिति यस प्रकार रहेको छः

संरक्षक
मस्त बहादुर तिरूवा

सल्लाहकार
मुना सेन्चुरी
भु खाती
विष्णु बिश्वकर्मा

अध्यक्ष
ज्ञान बहादुर गजमेर

प्रथम उपाध्यक्ष
अनामीका तिरुवा

द्वितिय उपाध्यक्ष
केशव सुनार

उपाध्यक्ष
रत्न सेञ्चुरी

उपाध्यक्ष
रमेश घतानी

महासचिव
दिनेश माल परियार

सचिव
राम रिजाल

सह-सचिव
सन्तोष शंकर

कोषाध्यक्ष
शुरेश कालीकोटे

सह-कोषाध्यक्ष
अम्बिका सुनार

महिला संयोजक
गंगा माया बि. क

महिला सह-संयोजक
बबिता बराईली

यूवा संयोजक
प्रेम बहादुर बि. क

खेलकुद संयोजक
बिवेक भुसाल

यातायात संयोजक
बाबुराम बि. क

कलाकार संयोजक
आसीष बि. क

सकृय सदस्य
डबल बहादुर दुलाल
ईन्द्र कुमारी
कल्पना बि.क.
पार्वती सुनार
रूपा बराईली
साईमल बराल
टिकाराम गजमेर


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

प्रतिकृयाहरू
...