Thursday 6th August 2026

चार कृति लोकार्पण हुने


शीत काव्य समाज नेपालद्वारा प्रकाशित चारवटा काव्य कृतिहरू एकै साथ लोकार्पण गरिने जानकारी शीत काव्य समाज नेपालका अध्यक्ष एवं शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले बताएका छन् । वि.सं.२०७८ साल असार ७ गते पाल्पाको तानसेनबाट परिकल्पना गरिएको शीतले यही असार ७ गतेदेखि चौथो वर्षमा प्रवेश गर्दैछ ।

“चतुष्पदी मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरी काव्य नै शीत हो।” भन्ने परिभाषाका साथ शीतले स्वदेश देखि विदेशसम्म व्यापकता पाइसकेको छ । हालसम्म शीतका एक दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । शीत संरचना अनुसार शीत कल्प कृति प्रकाशन गर्नेलाई शीत ईश्वर भनिन्छ । हालसम्म प्रथम शीत ईश्वर कृष्ण के.सी., इन्दिरा ज्ञवाली, शारदा ढकाल, देशभक्तसिंह कुँवर शीत ईश्वरको रूपमा प्रतिष्ठापित भईसक्नु भएको छ भने कृति प्रकाशन संगै शीत ईश्वरहरू थपिदै जानु हुनेछ ।
साहित्यकार लव जोशीले नेपाली र अंग्रेजीमा शीत काव्य प्रकाशन गरी शीतको व्यापिकरण गर्नुभएको छ ।

कविता लेख्न नजानेकाहरूले पनि शीत लेख्न सक्छन् र अन्ततः कविता लेख्न पनि जान्ने हुन्छन् शीतको बिशेषता नै यही हो । वि.सं.२०८१ असार ७ गतेका दिन शीत परिकल्पनाको चौथो वार्षिक दिवस मनाउदै परिकल्पनाकार पुष्कर अथक रेग्मीको शीत : रचना विधान र चतुष्पदी लघुकाव्य संग्रह शीत कल्प ‘अर्घ्य ‘ र त्रिशूल : त्रिपदीय काव्य उपविधा र सैद्धान्तिक विमर्श ‘अमोघ’, साहित्यकार देवन्द्रराज शाक्यको शीत लघुतम खण्डकाव्य “धर्मी” र साहित्यकार दामोदर ढकालद्वारा लिखित शीत उपन्यास “शीत यात्रा” को लोकार्पणहित शीत परिकल्पनाको चौथो वर्ष पाल्पाको तानसेनमा मनाइने छ भनी शीत काव्य समाज नेपालका केन्द्रीय उपसभापति साहित्यकार नारायण कोइरालाले हाम्रा सम्वाददातालाई बताउनु भएको छ।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...