Tuesday 14th July 2026

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्।

त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिन्छ भने। उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताए।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेकोरु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ। आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो।

शिलान्यासपछि खोटाङ प्रदेशसभा (१)का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए।

हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माणाधीन छ। निगमबाट दुई करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९/८० मा दुई करोड ९६ लाख बजेट विनियोजन गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

रिपोर्टहरूका अनुसार इरानबाट यात्रु बोकेको एक विमान यमनमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरिएको…

प्रतिकृयाहरू
...